---डा. प्रज्ञान ख्वाउजूँ---
स्वास्थ्य सेवा सम्बन्धित त्रुटीका कारण हुने मृत्यु संसारमा मृत्युको आठौं प्रमुख कारण हो । संयुक्त अधिराज्यमा वर्सेनी १२०००० मृत्यु यस्का कारण हुने गर्छन् । यी त्रुटिहरु या त कार्यन्वयनमा या त योजना बनाउने त्रुटिका कारण हुन्छन् जस्का कारण बिरामीहरुले विभिन्न प्रकारका प्रतिकुल असरहरु भोग्नु पर्छ । ६६% यस्ता त्रुटिहरु सल्य चिकित्सा सम्बन्धित हुन्छन् । यी त्रुटिहरु मध्ये ५०% रोक्न मिल्ने खालका हुन्छन् । तर सही योजना र कार्यन्वयनको अभावले अधिकाँश बिरामीहरु यी समस्याहरु झेल्न बाध्य हुनेगर्छन् ।
यी स्वास्थ्य सम्बन्धि
त्रुटिहरु कम गर्न विश्व स्वास्थ्य संगठनले सुरक्षित सल्यचिकित्सा चेकलिस्ट जारी
गरेको हो । यसले अप्रेशन पुर्व
ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरुमा प्राथमिकता दिन्छ जसले बिरामीको सुरक्षामा
जोड़ दिन्छ । अप्रेशन पुर्व र
अप्रेशनको दौरान यी तत्वहरु सल्यचिकित्सा टीम, एनेस्थेसिया टीम तथा नर्सिंग टीम
सबैले पुनरावलोकन गर्छन् । यसले अप्रेशनमा दल भावना प्रोत्साहित गर्छ र बिरामीलाई
हुने प्रतिकुल असरहरु कम गर्न मदद गर्छ ।
सल्यचिकित्सा चेकलिस्टका
तीन अंशहरु छन् : बेहोशी पुर्व, चिरफार पुर्व र अप्रेशन पश्चात । बेहोशी पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:
·
रोगीको सहि पहिचान
तथा अप्रेशनको लागि अनुमति
·
अप्रेशनको ठाउँको
सहि पहिचान
·
एलर्जी सम्बन्धित पीडित रहेको या नरहेको
·
वेनस थ्रोम्बो एम्बोलिस्म रोगनिरोधक उपाय
·
औजार तथा इमप्लांट सम्बन्धि जानकारी
·
बेहोशी सुरक्षा चेकलिस्ट
·
श्वास प्रश्वासमा हुनसक्ने खतरा
·
रक्त अभावले हुनसक्ने खतरा
चिरफार पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:
·
सल्य चिकित्सा टीमको
सहि पहिचान
·
रोगी, रोग र निदानको
सहि पहिचान
·
एन्टिबायोटिकको सहि
प्रयोग
·
इमेजिंग ( x- ray, सी टि स्केन इत्यादि ) पुनरावलोकन
·
आउन सक्ने कठिनाई तथा प्रतिकुल परिणामको पुर्व जानकारी
अप्रेशनको अन्तमा जांच
गर्नुपर्ने कुराहरु हुन्:
·
नर्स द्वारा
अप्रेशन, स्पेसिमेन् , औजार तथा स्पोंजको जानकारी
·
अप्रेशनको सर्जन द्वारा
अप्रेशनको पुनरावलोकन
·
बेहोशी टीम द्वारा
अप्रेशनको पुनरावलोकन
·
सरीरको तापमानको
जांच
·
भावी योजना
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस