---डा. प्रज्ञान ख्वाउजूँ---
प्राचीनकालमा मानिस भोकले मर्थे, लडाईंले मर्थे या जंगली जनावरको शिकार भएर
मर्थे । मानिसले समूहमा
बसेर काम गर्न सिके, खेती गर्न सिके , मृत्युलाई चुनौती दिए । प्रकृतिले मानिसलाई संक्रमण दिए , महामारी पठाए । मानिसले त्यसलाई पनि हराए । तर त्यसपछि आयो क्यान्सर : प्रकृतिको अर्को अस्त्र
, मृत्युको संदेश , मानिसमाथि प्रकृतिको श्रेष्ठताको संकेत । तर मानिसले कहिले हार्न सिकेन , सधैं लडिरहे , जुन युद्ध
अझै जारी छ , जसमा हामी सबै समावेश छौं ।
आखिर के हो त क्यान्सर
? किन यति खतरनाक छ ? के साँच्चै यसको कुनै उपचार छैन ? छ भने कतिको उपयोगी छ त ? नाम सुन्ने बित्तिकै सबैलाई आतंकित गर्ने यो क्यान्सर
के हो त ?
क्यान्सर कुनै बाहिरी हमला होइन , यो त मानव शरीरको भित्री अव्यवस्था हो । यो
शरीरको कुनै एक कोषिकाको असमनव्यता हो जसले गर्दा उक्त कोषिका अप्राकृतिक रुपले
प्रस्तुत हुन्छ । शरीरको अन्य तन्तुहरुबाट सम्बन्ध बिच्छेद भइ यो स्वतन्त्र रुपमा
बढ्दै जान्छ र क्यान्सर बन्छ । कुनै पनि कोषिका क्यान्सर बनेपछि त्यसमा निम्न
परिवर्तनहरु आउँछन् :
·
स्वयं
बढ्न सक्ने सक्षमता (Self-sufficiency in growth signals)
·
बढोतरी
रोक्ने संकेतप्रति असंवेदनशीलता (Insensitivity to
growth-inhibitory signals)
·
कोषिका
आत्महत्याबाट मुक्ति (Evasion of apoptosis)
·
अनन्त
बढोतरीको सक्षमता (Limitless replicative
potential)
·
बढ्दो
रक्तनलीको प्रवाह (Development of sustained angiogenesis)
·
अन्य
अंगमा आक्रमण गर्नसक्ने सक्षमता (Ability to invade and
metastasize)
·
जीनको
अस्थिरता (Genomic instability)
यी परिवर्तनहरुका कारण क्यान्सर असामान्य रुपले ठूलो हुँदै जान्छ । बिस्तारै
यो पुरै शरीरमा फैलिन्छ । यसले शरीरको सब पोषक तत्वहरुको खपत गर्छ जसले गर्दा
शरीरको अन्य अंगहरुलाई चाहिने पोषक तत्वहरुको कमी हुन्छ र ती अंगहरु शिथिल बन्दै
जान्छ । मानिस कमजोर हुन्छ , संक्रमणको सम्भावना बढ्छ । उसका अंगहरु काम गर्न बन्द
हुन्छ र अन्तमा उसले मृत्युको सामना गर्नु पर्छ।
के कारणले शरीरको सामान्य कोषिका क्यान्सर बन्छ त ? वास्तवमा भन्ने हो भने
हाम्रो वातावरणमा रहेको कुनै पनि तत्व क्यान्सर गराउन सक्षम छ । प्रदूषित यो
वातावरणमा शायदै कुनै ठाउँ होला जहाँ हामी क्यान्सरबाट बच्न सक्छौं । त्यसैले भनिन्छ
कि क्यान्सरबाट मुक्ति पाउने एक मात्र उपाय हो जन्म नलिनु । तर केही उपायहरु छन्
जसको पालना गरे हामी क्यान्सरको खतरा कम गर्न भने सक्छौं । क्यान्सर गराउन सक्ने
तत्वहरु निम्न प्रकारका छन् :
·
रासायनिक
तत्वहरु : पेट्रोलियम पदार्थ , पेन्ट , कीटनाशक , रासायनिक मल इत्यादि
·
चुरोट,
खैनी तथा मादक पदार्थ सेवन
·
धातु
पदार्थ : लीड , आर्सनिक , निक्कल , क्रोमियम इत्यादि
·
बासी
तथा सडेको खानाको सेवन , चिल्लो खाना , कम फाइबर भएको खाना, रातो मासु
·
विकिरण:
सूर्यको विकिरण , न्युक्लियर रियाक्टर तथा अन्य विकिरण
·
संक्रमण:
हेपाटाइटिस , एच. पी. भी. ( H.P.V.) भाइरस
, एच. टि. एल. भी. (H.T.L.V.) भाइरस , एच. पाइलोरी ( H.
pylori) , एच. आइ. भी. ( H.I.V.) भाइरस
यी त क्यान्सरका बाह्य कारकहरु हुन् । तर मानवको आफ्नो जीनको बनावटले पनि
उसलाई क्यान्सरप्रति बढी झुकाव राख्न सक्छ । त्यसैले कसैलाई चुरोट खाएको केही सालमै
फोक्सोको क्यान्सर हुन्छ त कोही सालौ साल बिना क्यान्सर रहन्छ । यस्तै केही क्यान्सरहरु परिवारका सदस्यहरुमा बढी देखिन्छ ।
बढ्दो उमेर पनि क्यान्सरको प्रमुख कारण हो । आफ्नो शरीरमा कुन चाहिँ क्यान्सर हुने
सम्भावना बढी छ भनेर थाहा पाउन भने मुश्किल छ । त्यसैले हामी सबैले ती सबै क्यान्सरमूलक
तत्वहरुदेखि टाढा रहनु जरुरी छ । स्वस्थ खाना खानु पर्छ, हरियो सब्जी तथा फलफूलको
सेवन गर्नु पर्छ । धेरै मसलादार खाना , पोलेको या जलेको खाना कम सेवन गर्नु पर्छ ।
धुम्रपान तथा मध्यपान कम गर्नु पर्छ । वातावरण दुषित हुनबाट रोक्नु पर्छ। नियमित
व्यायाम गर्नु पर्छ , वजन कम राख्नु पर्छ । अन्तमा क्यान्सर भएको सन्देह रहेमा
तुरुन्त चिकित्सककहाँ देखाउनु पर्छ ।
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस