---डा. प्रज्ञान ख्वाउजूँ---
क्यान्सरको नाम सुन्ने बित्तिकै सबै त्रसित हुने गर्छ । हामी धेरैजसोमा क्यान्सरबारे यस्तो छाप छ कि यो अनुपचारिय
रोग हो , यसको कुनै निदान छैन । क्यान्सर लागेको मानिस केही
महिना भन्दा बढी बाँच्दैन । तर यो कतिको सत्य हो त ? या त यो केवल भ्रम मात्र हो ?
क्यान्सर अवश्य पनि मानव इतिहासको सबैभन्दा खतरनाक रोग हो । संसारमा हुने सबै
मृत्युका कारण मध्ये क्यान्सर एक नम्बरमा पर्छ , २०-३०% हुने मृत्युहरु कुनै न
कुनै क्यान्सरका कारण हुने गर्छ । क्यान्सर प्राणघाती रोग पक्का हो तर अनुपचारिय भने होइन । तुरुन्त पत्ता लागेको
खण्डमा यसको पक्का उपचार अवश्य छ । तर यदि धेरै फैलिसकेको खण्डमा यसको कुनै उपचार
हुदैन । त्यसैले क्यान्सरबारे हामी सबैले जानकारी राख्नु जरुरी छ ।
कुन क्यान्सर कतिको
खतरनाक छ भन्ने चीज धेरै कुरामा निर्भर हुन्छ । कुनै पनि क्यान्सरको र त्यसमाथि
उपचारले पार्ने असरको मुल्यांकन गर्न विशेष गरी ५ बर्षे जीवित प्रतिशतको ( 5 year survival ) हिसाब गरिन्छ । यो भनेको रोग
लागेको ५ वर्ष पछि जीवित रहेको रोगीको प्रतिशत हो । साथै मध्यस्थ जीवित साल ( median survival years ) को हिसाब गरेर पनि क्यान्सरको प्रचण्डताको
मुल्यांकन गर्न सकिन्छ । क्यान्सर लागेको १०० व्यक्तिलाई उनीहरुको
क्यान्सर पछिको जीवित उमेरको क्रम अनुसार राख्ने हो भने ५० औं व्यक्ति कति साल
बाँच्छ त्यहीनै क्यान्सरको मध्यस्थ जीवित साल हो ।
क्यान्सरको जटिलता खासगरी कुन ठाउँको क्यान्सर हो
त्यसमा निर्भर हुन्छ । उदाहरणको लागि स्तनको क्यान्सर
उपचार गरेको खण्डमा राम्रो परिणाम दिन्छ तर पित्तको थैलीको क्यान्सर उपचार पछिपनि खतरनाक
र प्राणघाती हुन्छ । तल दिएको सूची अनुसार विभिन्न
ठाउँको क्यान्सरले विभिन्न नतिजा दिन्छन :
क्यान्सर
|
५ बर्षे
जीवित प्रतिशत (5
years survival rate)
|
|
|
सन् १९५०
|
सन् २०००
|
प्रोस्टेट क्यान्सर
|
४३
|
९३
|
मेलानोमा
|
४९
|
८८
|
अन्डकोषको क्यान्सर
|
५७
|
९६
|
मूत्राशयको क्यान्सर
|
५३
|
८२
|
मृगौलाको क्यान्सर
|
३४
|
६१
|
स्तनको क्यान्सर
|
६०
|
८६
|
ठूलो आन्द्राको क्यान्सर
|
४१
|
६२
|
अन्डाश्यको ( ovary ) क्यान्सर
|
३०
|
५०
|
थाईरोइड क्यान्सर
|
८०
|
९५
|
कण्ठनलीको ( larynx ) क्यान्सर
|
५२
|
६६
|
पाठेघरको क्यान्सर
|
७२
|
८६
|
मुखको क्यान्सर
|
४६
|
५६
|
अन्ननलीको क्यान्सर
|
४
|
१३
|
मस्तिष्कको क्यान्सर
|
२१
|
३०
|
फोक्सोको क्यान्सर
|
६
|
१४
|
पेटको क्यान्सर
|
१२
|
१९
|
कलेजोको क्यान्सर
|
१
|
६
|
प्यानक्रियाजको क्यान्सर
|
१
|
४
|
माथिको सूची अनुरुप प्रोस्टेट , अन्डकोष , स्तन ,
थाईरोइड क्यान्सरहरु कम खतरनाक क्यान्सरहरु हुन् त फोक्सो , कलेजो ,
प्यानक्रियाजको क्यान्सरहरु बढी खतरनाक क्यान्सरहरु हुन् । हाल संसारमा सबैभन्दा बढी ज्यान लिने क्यान्सर चाहिँ फोक्सोको क्यान्सर हो । सबैभन्दा धेरै देखिने क्यान्सर चाहिं पुरुषमा प्रोस्टेटको तथा महिलामा स्तनको
क्यान्सर हो । तल दिएको सूची अनुसार महिला र
पुरुषमा विभिन्न क्यान्सरको विभिन्न संयोग ( incidence) तथा मृत्यु%( mortality) देखिन्छ :
पुरुष
|
महिला
|
||||
क्यान्सर
|
संयोग %
|
मृत्यु %
|
क्यान्सर
|
संयोग %
|
मृत्यु %
|
|
|
|
|
|
|
प्रोस्टेट
|
३३%
|
९%
|
स्तन
|
३१%
|
१५%
|
फोक्सो
|
१३%
|
३१%
|
फोक्सो
|
१२%
|
२६%
|
ठूलो आन्द्रा
|
१०%
|
१०%
|
ठूलो आन्द्रा
|
१०%
|
१०%
|
मूत्राशय
|
६%
|
३%
|
मूत्राशय
|
२%
|
१%
|
मेलानोमा
|
५%
|
१%
|
मेलानोमा
|
४%
|
१%
|
लिम्फोमा
|
४%
|
३%
|
लिम्फोमा
|
४%
|
३%
|
मृगौला
|
३%
|
३%
|
अन्डाशय
|
३%
|
६%
|
मुख
|
३%
|
२%
|
पाठेघर
|
६%
|
३%
|
लिउकेमिया
|
३%
|
४%
|
प्यानक्रियाज
|
६%
|
६%
|
प्यानक्रियाज
|
२%
|
६%
|
|
|
|
यी त भए ठाउँ अनुसार क्यान्सरको परिणामको बारेमा । यसको साथै क्यान्सरको परिणाम त्यो कुन तहमा पत्ता लाग्यो त्यसमा पनि निर्भर
हुन्छ । यदि शुरुको तहमा रहेमा यसको नतिजा
राम्रो आउँछ । सोहि अनुरुप क्यान्सरलाई त्यसको
नाप, लिम्फ नोड र क्यान्सर फैलिएको- नफैलिएको हेरी ४ तहमा विभाजन गरिन्छ । यो प्रक्रियालाई टी. एन. एम. वर्गीकरण ( T.N.M. classification ) भनिन्छ । क्यान्सरको नाप ठूलो भए , लिम्फ़ नोड पोजिटिव भए या र क्यान्सर फैलिएको भएमा
क्यान्सरको परिणाम राम्रो रहन्न । प्रथम र द्वितीय श्रेणीका
क्यान्सर उपचारपछि राम्रो नतिजा दिन्छन भने तृतीय र चतुर्थ श्रेणीका क्यान्सरको
नतिजा उपचार पछि पनि राम्रो हुन्न । यसकारण जति चाँडो तपाईं चिकित्सककहाँ जानुहुन्छ
त्यति नै राम्रो नतिजा आउने सम्भावना बढी रहन्छ ।
यसबाहेक विभिन्न क्यान्सर अनुसार विभिन्न कारकहरु छन् जसले क्यान्सरको नतिजामा
सीधा प्रभाव पार्छ । हिस्टोलोजिकल श्रेणी ( histopathological
grade ) जति बढी भयो क्यान्सरको नतिजा पनि उतिनै नराम्रो हुन्छ ।
हिस्टोलोजिकल श्रेणी भनेको बायोप्सी ( biopsy ) रिपोर्टबाट
थाहा हुन्छ । यस्तै क्यान्सर मार्कर ( tumor marker ) पनि
जति बढी भयो क्यान्सरको नतिजा पनि उति नै नराम्रो हुन्छ । विभिन्न क्यान्सर अनुसार
विभिन्न क्यान्सर मार्करहरु हुन्छन् । जस्तै प्रोस्टेट क्यान्सरको लागि पी. एस. ए.
( P.S.A. ), आन्द्राको क्यान्सर को लागि सी. ई. ए. (
C.E.A.) , प्यान्क्रियाज क्यान्सरको लागि सी. ए. १९-९ ( C.A.19-9)
, अन्डासय क्यान्सरको लागि सी.ए. १२५ ( C.A.-125) , कलेजोको क्यान्सरको लागि ए. एफ. पी.( A.F.P. ), अन्डकोषको
क्यान्सरको लागि एच. सी. जी.( H.C.G.) / ए. एफ. पी. / एल.
डी. एच. (L.D.H.) क्यान्सरका मार्करहरु हुन् । क्यान्सरका
खतरनाक लक्षणहरु रहेको मिलेमा पनि उपचारको नतिजा उल्लासपूर्ण रहन्न । यस्ता
लक्षणहरुमा धेरै वजन कम हुनु , पेटमा पानी जम्नु जस्ता लक्षणहरु पर्छन ।
अन्तमा भन्नु पर्दा कुनै पनि बिरामीको क्यान्सर उपचारपछि कसरी पेश हुन्छ भनेर
किटान गरेर भन्न सकिन्न । क्यान्सर फिर्ता पनि आउन सक्छ र पूर्णरुपमा ठीक पनि हुन
सक्छ । त्यसैले क्यान्सर लाग्यो भन्दैमा हतोत्साहित हुनु पर्दैन ,उपचार गरेको
खण्डमा तपाईं साधारण जीवन बिताउन पनि सक्नु हुनेछ ।
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस