728x90 AdSpace

  • अद्यावधिक समाचार

    Friday, December 27, 2013

    समस्या र समाधान: प्रसङ्ग मानसिक रोग

    “मलाई  घाँस दाउरा लिन गएको बेलामा ब्यथा लाग्यो अनि त्यहि बच्चा जन्मियोहसिया ले नाल काटियो  के को  आराम डाक्टर।“ हरेक महिनाझैँ   अस्पताल  बोलाइएको  गर्भवती बुहारी र  डाक्टर ले आराम गर्नु भनेको सलाह प्रति ब्यंग पनि थियो अनि शायद एक तरिका ले बहादुरी को कथा पनिजमाना मा आराम गर्न नपाएको  रिस पनि होला अनि  हेरबिचार को डाहा पनि होला वा कुरा मा कुरा मात्र पनि   जे होस् मलाई धुलिखेल अस्पताल मा internship  गर्दा सुनिएको सम्बाद अनि  यस्तै खाले कुरा रमाइलो  लाग्छ। उहाँको समयमा तेही सही थियो होला, वा  अहिले पनि थुप्रै ठाउँमा यस्तै साहसिक कार्य भईरहेको होला  तर अहिले  प्रशुती मा दक्ष, अनुभवी तालिम प्राप्त टीम ले लिएको जिम्मेबारी को तुलना हल्का फुल्का अनुभव प्रकृति को नीयम हसिया भन्दा सुरक्षित नै हुन्छ। त्यसै गरी जब बच्चा जन्मिन्छ तव बच्चा को  जिम्मेबरि अर्कै टीम को  काँध मा आइ पार्छ , अनि हेर्छन बच्चा का डाक्टरहरूले जुन को तालिम, दक्षता अनुभव बच्चा सम्बन्धी रोग समस्या मा केन्द्रित रहन्छ यस अर्थ मा जुन किसिम का समस्या आउछन् त्यै अनुरुप का दक्ष टीम मा जिम्मेबारी थपिन्छ। समस्या यहाँ सकिदैंन , आउने दिनहरू पनि आउँदै रहन्छ अनि त्यसै गरी टीम  बद्लिदै जान्छ जस्तै जब त्यहि बच्चा बर्षा को पुग्छ तब आफ्नो आर्थिक क्षमता, आनि स्कुल को record;  जहाँ ठाउँ अनुरुप एस.एल.सी को नतिजा , ईंग्लिश कति को दखल,  कति का अनुभवी शिक्षक छन् आदि कुराको भरमा छानिन्छ एउटा स्कुल जस्को लक्ष हुन्छ बच्चा लाई योग्य बनाउनु


    यति भूमिका बाधेर लेख्नु को अर्थ यति हो की समस्या बद्लिदै जान्छ आनि समाधान पनि। जुन कुरा को समाधान कुनै बेला हसिया थियो भने आज अर्कै तरिका हुन सक्छ र भोलि अर्कै। हरेक समस्या बाट भाग्न केही समय को लागि सकिएला तर बुद्धीमता त्यसलाई समयसापेक्ष्य वा उत्कृष्ट तरीका ले सुल्झाउन मा रहन्छ। अनि त्यस्तै उस्तै समस्या मध्ये को एक समस्या हो मानसिक समस्या। मानसिक रोग भनेर समस्या भन्नु को कारण यति हो की ज्वोरो आएको जस्तै, पेट दुखे जसरी शारीरीक समस्या भन्न सजिलो त्यतिकै गार्हो छ लगातार चलिरहेको चिन्ता दु:ख, डाह , डर लाई सिधै रोग भन्नलाई। कति को स्वभाव पनि हुन सक्छ। अनि परिक्ष्यामा अनुतिर्न भएर निरास भएका या ब्रेक-अप  भएर उदास भएक लाई के भन्ने। रोग नभए पनि समस्या त भयो नि होइन र  अनि सुल्झाउन त पर्‍यो नि , परेन र ?

    जरुरी  छैन  कि  समस्या  को  समाधान  डाक्टर  बाट  नै  हुनु  पर्छ।  कती  समय  संगै  आफै  ठिक   पनि  हुन्छन। कती  चिन्ता  दु:ख आफू ले विश्वाश गर्न सक्ने र खुलेर कुरा गर्न सक्ने मान्छे संग मन  खोलेर  पोख्दा  पनि  हल्का  हुन्छ  जुन  थुप्रै  अनुशन्धान  मा  देखिएको  छ।   त्यसैले पनि परिवार र साथीभाई अनि  शिक्षक  को भूमिका ठुलो भएको हो । मन्दिर  लगेर/ गएर  , अनि  विश्वास  र  आस्थाले    पनि  थुप्रै  कुरा  मा  फाइदा हुन्छ । त्यसैले  पनि  धार्मिक  विश्वासमा शक्ती  हुन्छ।  आफन्त  बित्दा  गरिने  गरुड  पूजा  अनि  आफन्त  आएर  गरिएको  बातचित  र  सलाहले  यत्रो  ठुलो  दु:ख  बाट  निस्कन   राहत  हुन्छ। यसरी अरु थुप्रै धर्म म यस्तो बाटो रहेको छ । असफलता   ले  टुटेका  मनोबल  र  बेइजतॆ  पनि  समय  र  आफन्त को  साथ्  अनि  हौसला   ठिक  हुन्छ ।

     तर  असफलता   ले  टुटेका  मनोबल  र  बेइजतॆ केहि  मात्र  मा  जाड रक्सी  खाएर, नशा मा आफ्नो दु:ख पोखे,  कुट  पिट  गरेर , बदला  लिएर  पनि  कम  हुन्छ, मनलाई क्षणीक  राहत  मिल्न  सक्छ । थुप्रै  मान्छे  ले  यस्तो  अवस्था  मा  बाटो बिराउनछन अनि  सुरु  हुन्छ  अर्कै  यात्रा। त्यसैले  पनि  सायद  मन्दिर  भन्दा  पनि  धेरै  होलान  रक्सी  पसल ।  धेरै जस्तो तन्नेरी युवा युवती हरु   यस्तै  कुराले  नशा  गर्ने , झैझगडा  मा  फस्ने  हुन्छन। आफू ले जाने बुझे को तरिका ले मद्घत लिने पनि सकिन्छ तर त्यसो भन्दै म भिड को पछि लागे अनि कुनै कुरा ले पनि दक्ष नभएको पछी लागेको  खन्ड म चाँही दु:ख पाउन सकिन्छ। हामी  ले  थुप्रै  यस्ता  बिरामी  देखेका  छौ  जुन  1-2 वर्षा  ठिक  नभएर , दुइ   तिन  वटा  बोका  बली  दिएर  निरास  भएर  हामी का आउछन ।  त्यसर्थ  सबै  प्रयास  का बाबजूद  या  बैकल्पिक  सलाह   रुप  मा  मनोरोग/  मनोविज्ञ का    डाक्टरहरु  सीत  पनि  सलाह  लिदा  फाइदा  हुन्छ ।

    मानसिक रोग का  डाक्टरहरु  को  तालिम , अनुभव  र  दक्षता  केवल  रोग  सित  मात्र  न  भएर  मानसिक  बिचलन , बिकार , जस्तै   निन्द्रा  नलाग्ने , धेरै  सुत्ने , काम  मा  जोश  न  भएको , धेरै  रिस  उठ्ने  , धेरै  T.V  हेर्न , कम  बोल्ने , धेरै  लजाउने   आदि  समस्या  मा  पनि  रहेको  हुन्छ   जसमा  counselling , talk थेरापी  मात्र  ले  पनि    धेरै  फाइदा हुनसक्छ ।   Clinical psychologist ( मनोविज्ञ )   अनि  Counsellor  को  रोल  पनि  यस्ता  समस्या  समाधान  गर्न  मा  मद्दतगर  रहन्छ । तर  केहि   मानसिक  अवस्था  या  दोष  चाही  मानसिक  रोग  भित्र  पर्छ । अनि  तेस्को  बिशेष औषधी र तरिका हुन्छन र  तिनीहरु  को  जती  चाडै  उपचार  हुन्छ  तेती  नै  राम्रो  रहन्छ ।

    कति जना का मन मा हिङ्सा का त्रास, childhood sexual abuse/  शोषन का घाऊहरु दबेर/ आलो रहेका हुन्छ। कति को आफन्त बाट नै योन शोषन भएका हुन्छ । कती बेला छोराछोरी को बारेमा सबै थाहा छ भन्ने आमा बुवा लाई पनि अचमक्मीत पर्ने कथा ब्यथा  लुकेर रहेका हुन्छन।
    जगजीत सिंह क गजल  " हम लबो से केह न पाये उन को हाले दिल कभी ओर वोह सम्झे नही य खामोशी क्या चीज है” झै  ति कुरा मौनता मै रहन्छ तर भित्र एउटा घाऊ भनेर/ डर त्रास बनेर , अबिश्वास बनेर  जुन त्यस समय मा  पनि अनि दिर्घकालिन रुप मा पनि रोग को बिउ बनेर रहन सक्छ।

    अर्को  अंकमा  मनसिक रोग को बारेमा लेख्नु छ  तर आज को लागी  म  तीन  कुरा  सोच्न   को  लागी  छोड्डै  छु

    • के  तपाई  ले  आफ्नो  मन  चिन्ता , डर , दु:ख , हार को चोट, शोषन, शन्का  , आफ्नो  गल्ती  कसै  संग  खुलेर  कुरा  गर्नु  भएको  छ ?
    • के  तपाई  ले  आफ्नो  प्रियजन/ परिवार  सित  बसेर  यसो  किन  गरिस, किन  गरिनस  नभनिकन , पुरा  कुरा  धैय्रता  सित  सुन्नुभाको  छ   ?
    • अनि  अभिभावक/ शिक्षक  को  लागी ,  यस्तो  कुरा  सहजै हुने बातावरण  दिनु  भएको  छ  ………………………………………….. एक  पल्ट  सोच्नु  होला??


    for more articles in mental health in nepali you can also refer to www.mentalhealthnepal.com



    more on mental illness
    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: समस्या र समाधान: प्रसङ्ग मानसिक रोग Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top