होलिमा आँखाको हेरचाह
होलिको माहौलमा चारै तीर रंग र पानीले उमङ्ग फैलाएको छ। सबैजना होलि खेल्न अनि रमाउन तत्पर छन् । तर एउटा कुरा ध्यानमा राखौं कि आकर्षक अनि लोभ लाग्दा देखिने यी रंगहरुमा धेरै मात्रमा रसायन हुने गर्दछ जसले तपाईको क्षति पुर्याउन सक्छन खास गरि तपाईको छाला अनि आँखामा.....तपाईंको लापरवाहीले गर्दा रमाइलो मौसममा पनी हस्पितल दगुर्नु पर्ने स्थिति नआवोस्...
धेरैजसो रंग, अबिरहरु बनाउन रसायनहरूको
प्रयोग गरिन्छा जस्तै हरियोको लागि copper
sulphite, कालोको लागि lead oxide आदि । यिनीहरुले प्रयोगले तपाईलाई अलेर्जीहरु गराउन सक्छ । त्यस्तै आँखामा यी रसायनहरू ले chemical injury गराउदछI खासगरी आँखाको पुतली ( कोर्निया ) लाई यसलाई असर पार्दछ र समयमा उचित उपचार नगराय आँखा अन्धो पनी बनाउन सक्छI त्यसैले सुरक्षित तरिकाले होलि
खेल्नु जरुरि छ।
आँखाको बचावटमा ध्यान दिनु पर्ने केहि कुरा हरु......
१)
आँखालाई हरेक समय बचाएर
राख्नुहोस।
गगल्सको प्रयोग रंग मिसिएको पानीबाट बचाउन लाभदायक हुन्छ ।
२)
टोपी वा hat को प्रयोगले कपाल
अनि आँखालाई बचाउदछ।
३) कतै यात्रामा हुनु हुन्छ भने झ्यालको धोका राम्ररी बन्द राख्नुहोस।
५)
खासगरी बच्चाहरुको हेरचाह गर्नुहोस्।
६)
सकेसम्म प्राकृतिक रंग हरुको प्रयोग गर्नुहोस।
७) आँखामा रंग परिहालेमा तुरन्तै प्रशस्त पानीले पखाल्नुहोसI पखाल्दा हल्का गरम पानी प्रयोग गर्न सकिन्छI आँखामा हल्का रातोपन र चिलाउने हुन सक्छ। समस्या बढेमा वा आँखाको दृष्टिमा कमि आएमा तुरन्त आँखा-बिशेसज्ञलाई देखाउनु होस्।
८)
पानीको बेलुनले आँखामा लागेमा गहिरो
चोट पुर्याउन सक्छ। त्यसैले केहि शंका लागेमा तुरन्त आँखा-बिशेसज्ञलाई देखाउनु होस्।
आफु
अनी आफ्नो साथीहरुलाई सुरक्षित होलि खेल्न प्रोत्साहित गर्नुहोस।
धन्यबाद।
once see everyone
ReplyDelete