728x90 AdSpace

  • अद्यावधिक समाचार

    Sunday, April 20, 2014

    ब्लड प्रेशर (Blood Pressure) भनेको के हो?

    ----डा प्रभाकर पोखरेल---
    हाम्रो शरीर  मा प्रेशर को सिर्जना मुटु बाट हुन्छ । मुटु को मुख्य लक्ष्य भनेको पुरा शरीर बाट प्रयोग भएको रगत (venous blood) जम्मा गर्ने, छिमेकी फोक्सोमा हल्का पम्प गरेर पठाएर अक्सीजन भर्ने (recharge गर्न) अनि charge भएर आएको रगत लाई ठुलो पम्प को मद्दत ले  शरीर को कुना कुना सम्म रक्त नली मार्फत पठाउने जस्तै कि दिमाग्, कलेजो,  किड्नी , छाला आदि।

    अनि जब रगत मुटु बाट रक्त नली मा आउछ, तब रगत को जोड/ दबाब रक्तनली को  पर्खाल (wall) मा पर्छ , हो त्यो प्रेशर लाई ब्लड प्रेशर को सिस्टोलिक प्रेशर(systolic pressure) भनिन्छ जस्तै १२०/७० mm Hg मा १२० हो




    त्यसै गरी मुटु को पम्प ले लिने छोटो बिस्राम मा रक्त नली ले बनाइ राख्ने प्रेशर  चाही डाइस्टोलिक प्रेशर हो (Diastolic) जस्तै १२०/७० mm Hg मा ७० हो

    नाप्ने बेला चाँही हामी मुटु भन्दा अलि पर को कुहिनो को माथि को रक्त नली को धेरै प्रयोग गर्छौ
    हामी बहिर बाट कफ् (spygnomanometer and cuff) ले छाला मा दबाब दिएर  रक्तनली(artery) लाई पुरा बन्द गरी दिन्छौ अनि बिस्तारै जब बहिर को प्रेशर भित्र बराबर हुन आउछ तब आला(stethoscope) बाट आवाज सुनिछ(systolic) जुन सुनिन छोड्यो भने (Diastolic) भने बुझ्नु पर्छ 



    अब यस्को महत्व हेरौ 
    किड्नी भित्र नियाल्दा 

    मानौ मुटु ले दिएको प्रेशर दबाब साह्रै कम भएछ भने क हुन्छ त?
    मुटु भन्दा एक फीट भन्दा माथि सम्म (दिमाग्)  देखि  तल खुट्टा सम्म पुराउन पर्‍यो त्यसैले दबाब कम भयो भने त्यो गाह्रो हुन जान्छ। 
    किड्नी मा छानिने प्रकृयामा नै एक प्रकार को  दबाब हुन आवशेक छ  जुन कमी भएमा किड्नी को कार्यशैलीमा असर पर्छ। 


    धेरै भयो भने  रगत को दबाबले रक्त नली को  साना घाउँ बनाउन सक्छ जुन शरीरले आँफै ठीक पार्छ तर   त्यसमा बोसो  का कण   जम्मा हुने,  बढ्ने गर्छ 
    त्यस्मा रगत का कोशीका जम्मा हुने गरेर एउटा प्लग बन्न सक्छ
    रगत को दबाब ले प्लग लाई हुत्याएर टाढा को सानो दुलो भएको रक्तनली बन्द गर्न सक्छ । टाढा का रक्तनली त्यो दबाब सहन नसकेर फुट्न सक्छ। र त्यसको असरले  दिमाग(stroke, पक्षघात), हार्ट अट्याक (myocardial infarction ), हुने सम्भावना बढाउछ।  

    Diastolic  यानी रक्तनली को प्रेसर धेरै भएर रक्तनली को elastic  प्रकिती कम्जोर हुने, उल्टो मुटु लाई धक्का दिने र मुटु रेस्ट  गर्दा नै मुटु ले रगत पाउने प्रकियामा असर गर्छ । मुटु बाट आएको दबाब र रक्तनली को बिच को  लडाईं ले गर्दा रक्तनली मा चोट लाग्ने  अनि माथि उल्लेखेत उल्लेखित प्लग भन्ने सम्भावना बढछ एकदमै  कम भयो भने रगत को अघी बढने शक्ती नै कमजोर हुन्छ


    तर खुशी को खबर………….
    रक्तनली को प्रेसर  लाई स्थिर राख्ने हाम्रो शरीर ले ठुलो प्राथमिकता मा राखेको हुन्छ । यो हचुवा भरमा नभएर किड्नी, रक्तनली , नशा , दिमाग, आदी हर क्षण लागि परेका हुन्छन । र हामी यस्मा विश्वस्त हुन  सक्छौ। रक्तनली को मोटाइ स्थिर नभएर आवशेकता अनुसार तुरुन्तै घट्बड हुन्छ 
    त्यसर्थ एकछिन  को घटबडी भन्दा पनि लामो समय जब तल माथि या  गड्बडी हुन थाल्छ तब मात्र यस्को असर देखिन्छ ।
    सम्झनु पर्ने मुख्य कुरा यस् प्रकार छन
    • कतिप्रय मान्छे दिनहु जसो ब्लड प्रेसर  चेक गर्छन।  हेर्ने  हो  भने हप्ता पिछे पनि गर्नु पर्दैन। 
    • एउटा रिडिंग यदि १८०/११० भन्दा माथि छैन भने चिन्ता गरेर आतिहल्नु पर्दैन तर डाक्टर लाई देखाउन  पर्छ
    • ब्लड प्रेसर  ले आज को भोली खराब गर्नु भन्दा पनि धेरै समय भएपछी खराब गर्छ तर जती छिटो उपचार त्यती राम्रो 
    • कति बेला योग्य स्वास्थ्यकर्मी नभएको ठाउँ मा कमजोरी लिएर आएको बिरामी लाइ कम ब्लड प्रेसर  भन्दै सलाइन चढाउने अनि टाउको दुखेको आदी मा ब्लड प्रेसर धेरै  भयो भनेर नाना थरी  औषधी दिने गर्छन्(मुटु को धडकन, शरीर को तापक्रम  त आँफैले थाहा पाउन सकिन्छ तर  ब्लड प्रेसर  चै चाही  अरु को भरपर्ने हुँदा फाईदा उठाउँछन।   
    • एउटा reading  मात्र हेरेर ब्लड प्रेसर धेरै भएको भन्न मिल्दैन, कमसेकम दुइटा reading (हेराइ) धेरै हुनु पर्छ 
    • चिन्ता, आतिने , कफी , तनाव, भखरै कसरत गरेको छ भने पनि ब्लड प्रेसर हाइ हुन सक्छ । 
    • हाइ ब्लड प्रेसर भन्न ले १४०/९० भन्दा धेरै भयो भन्ने बुझ्नु पर्छ 
    • ब्याम गर्ने, बजन ठीक राख्ने, चिल्लो भएको खानेकुरा कम खाने, चिन्ता, तनाव बाट बच्ने, सन्तुलित आहार लिने, नियमित ब्लड प्रेसर को जाच गर्ने, ब्लड प्रेसर लाई नियन्त्रणमा राख्ने सही तरिका हो 


    ब्लड प्रेसर का लक्ष्यण 
    • एक प्रकार ले हेर्ने हो भने लामो समय सम्म ब्लड प्रेसर धेरै भएको केही पनि लक्ष्यण नदेखिन सक्छ त्यसर्थ ब्लड प्रेसर नाप्नु नै उतम तरिका हो अनि त्यसैले पनि यसलाई (silent killer) यानी बिना संकेत नुक्सान  गर्न सक्छ 
    • टाउको दुख्ने , रिगटा लाग्ने , नाक बाट रगत बग्ने, धेरै जसो लक्ष्यण हुन् 
    • कती बेला लामो समय को हाइ ब्लड प्रेसर ले आखाको नानीमा, मुटुमा , किड्नीमा , नशामा देखिने असर लिएर आउन सक्छन 
    • १८०/११० भन्दा धेरै एकै चोटी देखिए तुरन्तै डाक्टर को सलाह लिनु पर्छ 



    अर्को अंक मा हामी ब्लड प्रेसर धेरै र कम अनि त्यसको उपचार बिधि (औषधी र अरु बिधि ) लिएर हामी आउने छौ।  भनिन्छ आधी अधुरो ज्ञान हानिकारक हुन्छ त्यसैले केही कुरा नबुझेमा प्रश्न गर्न  सक्नु हुन्छ या आफुले बुझेको कुरा ब्यक्त गर्न सक्नु हुन्छ 

    • Blogger Comments
    • Facebook Comments

    1 प्रतिक्रिया:

    1. कतिप्रय पाठक ले यो बुझ्नु भएछ की केबल १८०/११० मात्र मा उपचार गर्नु पर्छ, शायद मेरो लेख्ने शैलले त्यस्तो अर्थ दिएको हुनसक्छ। ब्लद ब्लड प्रेसर को उपचार जती छिटो त्यती राम्रो र सुरु गरी हाल्नु पर्छ ( चाहे जीवन शैलीको सुधार बाट किन नहोस् तर १८०/११० चाँही तुरन्तै हानी पुराउने हुनाले यस्लाई चाँही तुरुन्तै उपचार गर्नु पर्ने हुन्छ ।

      ReplyDelete

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: ब्लड प्रेशर (Blood Pressure) भनेको के हो? Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top