728x90 AdSpace

  • अद्यावधिक समाचार

    Friday, May 16, 2014

    के धूम्रपानले आँखामा पनि असर गर्छ ?

     ---डा. बिक्रम बहादुर थापा---


    नेपाललगायत बिकसोंमुख देशहरुमा ३०% भन्दा बढीले धूम्रपान गर्छन यसमा हुने ४०० हानिकारक तत्वमध्य ४० ओटाले कैन्सर गराउन सक्छन फोक्सो, मृगौला, दिमाग, मुटू, मुख र  पेटसम्बन्धी अनेक रोग र कैन्सर गराउने कुरा धेरैलाई थाहा छ तर आखामा हुने रोग धेरैलाई थाहा नहुन सक्छ

    म एक आखा रोग अध्ययनरत बिधार्थीले एक धुम्रपान गर्ने ४५ बर्षीय पंजाब निवासी राजिंधर सिंह एकाएक १  बर्षमा  अन्धो भएको र सधैको लागी अन्धो रहनुपरेको कहालिलाग्दो यथार्थ देखेपछि धुम्रपानले आखामा गर्ने असरहरुको  खोजी गर्न थाले ३ बर्षको दौरंमा करीब १००० आखा रोगीमा धुम्रपानको अहम् भूमिका देखे यीनिहरु निम्नलिखित हुन:


    १.     आखा चिलाउने
    २.     आखाका रक्तनलीका रोग
    ३.     मोतियाबिन्दु
    ४.     ARMD Retinal degeneration ( पर्दा कमजोर हुने रोग)
    ५.     आखाका कैन्सर
    ६.      डेढेपन र 
    ७.     Sarcoidआखाको क्षयरोग
    ८.     टक्सिक अमब्ल्योपिया ( धुम्रपानले हुने अन्धोपना)
    ९.      थाइरोइडको कारण हुने आखारोग


    यिनीहरुमध्य  आखा चिलाउने सबभन्दा दोहोरिने गर्छ, यो प्राय धुम्रपान गर्नेसंग बस्ने लाई हुन्छ
    अब माथि उल्लेखित ब्यक्तिलाई के भएको थियो त ? उत्तर हो टक्सिक अमब्ल्योपिया जसको कुनै उपचार छैन

    के गर्ने त?
    धुम्रपान नगर्ने, अनि छोड़ने र अरुलाई छोड़न लगाउने  किनभने धुम्रपान स्वास्थ्य र आखाको लागि हनिकारक छ
    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: के धूम्रपानले आँखामा पनि असर गर्छ ? Rating: 5 Reviewed By: Dr Khagendra Kafle
    Scroll to Top