728x90 AdSpace

  • अद्यावधिक समाचार

    Sunday, June 8, 2014

    आत्महत्या वा त्यसको प्रयास: के यो रोग को लक्षण हो ?


    ---Dr Prabhakar Pokhrel-- (डा प्रभाकर पोखरेल )



    "मध्यान दिनमा चिसो निन्द्रा........भूपि शेरचन
    अखबारको  वान्टेड कालम ’  मा  आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु 
    प्रत्येक जुलूस सभा भाषण  नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु 
    नयाँ बजेटको ओठमा खोजिरहेछु आश्वासन  
    रेडियो  घोषणासँग मागिरहेछु सान्त्वनाका दुई शब्द 
    नयाँ पे  स्केलले नापिरहेछु  आफ्नो परिवारको आयु 
    प्रत्येक खाली सिटको सूचनाले मलाई जवान बनाउँछ 
    प्रत्येक इन्टरभ्यूको परिणाम सुने जीवन काखीको पसीनाझैं गन्हाउँछ 

    आमाको ममतामा पनि कसैले नैराश्य घोल्दछ 
     बाबुको प्रोत्साहनमा पनि चिसो सुस्केरा बोल्दछ 
    कुमारी बहिनीको स्यूँदोसँग सिन्दूर झस्के झैं लाग्छ  
    पत्नीले थालमा सधै सधै व्यङ्ग्य स्के झैं लाग्छ
              एक युग बित्यो  आफ्नो बिन्तीपत्रजस्तो अनुहार बोके

              भट्किरहेछु दरदर,       पुगिरहेछु घर घर

             एक चिसो निद्राले मलाई छोपिरहेछ निरन्तर

             मलाई थाहा  यसपल्ट  निदाएँ भने फेरि कहिल्यै पनि  बिउँझन सक्तिनँ

             त्यसैले  झुसिल्कीराझं लाम लागेकाहरु  नाराका अक्षरहरु ! अरु जोर जोरसित नारा लगाऊ

             उफ्   निदाउन चाहन्नँ यो दिउँसै मलाई जगाऊमलाई जगाऊ ।"

    सानो बच्चा लाई हेरौ, हिड्न बिस्तारै खोज्दै छ, दाई दिदी लाई पछ्याउदै छ, राम्ररी बोल्न जानेको छैन,तोते बोली बोल्दै छ।   हरेक नयाँ  कुराले उसलाई मोहित बनाउँ, भोलि  को उसलाई चिन्ता नै छैन भने पनि हुन्छ । उ आज लाई बाँची रहेको छ । उसलाई ढिलो य चाडो सिकिरहेको छु भन्ने चिन्ता पनि छैन । तर बिस्तारै उ बद्ढै जान्छ, उसले धेरै कुरा सिक्दै जान्छ । अलि ढिलो लुगा लगाउन लाग्दा, स्कुल पठाउन हतार  भएका  अभिभावक ले केही  भन्नलान पिसाब स्कुल मै गरेपछि  साथी भाई ले जिस्काउलान ; सर् मिस ले गाली गर्लान। अनि बिस्तारै बिस्तारै आमा बुवा को  डर्, होमवोर्क को डर अनि आज छोडेर बाँच्न थाल्छन हिजो
    अनि भोलि  मा......


    अनि  बिस्तारै सुरु हुन्छ परिचय  उनीहरु को यस संसार सित जहाँ उनीहरु बुझ्दै जान्छन कि यहाँ सफलता छ तर असफलता पनि छ।   कति  कुरामा आफु भन्दा  अरु राम्रा छन्।   एउटाै मिहिनेत ले सधै एकै प्रकारको  नतिजा आउँदैन, कति  मान्छे नराम्रा  पनि छन्, कति स्वार्थी हुन्छन, अनि जालझेल गर्ने, धोका दिने नि भेटिन्छन।    अनि  यहाँ धेरै कुरा अनिश्चित  छ । कति  को स्वभाव  हतारिलो, छिटै  आतिने , छितो निरस  बन्दै जान्छ, कति  ले आमा  बुवा, दाजु,  भाई को डर सिक्दै जान्छन , कति  को नकारत्मक सोच्ने बानी  बन्दै जान्छ ।


    कबि भूपी शेरचन ले समस्या को जालो मा अल्झिएको  मान्छे को राम्रो बर्णन गरेका  छन्।   नेपाल को सन्दर्भमा  हेर्ने हो भने राम्रो रोजगारी को अभाव, अभाव मा जन्मिएको हीन भावना,  वा हीन भावना ले गर्दा गर्न नसकेको  मिहिनेत,   जिम्मेवारी को बोझ, रोजगार  को लागी विदेश मा पलायन , एक्लो  सुन्य घर  हर कोहि लाई बोझिलो लाग्न  सक्छ। काम को तनाव , भविष्य को चिन्ता ले मन आतिन सक्छ   तर जतिपय आपत बिपत मा पनि मानिस  ले हिम्मत राख्छन।  कति  भोलि आउने राम्रो कल्पना मा , कति  छोरा छोरी को अनुहार मा, कति  बुवा आमा का मायामा आफ्नो डर  साट्छन । आशा को सानो धागो को सहाराले ले भएपनि  बाच्ने रहर र साहस पलाउछ उखान नै  छ नि  डुब्ने लाई तिनका को  पनि सहारा  हुन्छ ।   तर जब मानसिक रोग वा मनोरोग ले सताउछ तब  समस्या ठुलो र बिकराल हुन आउछ अनि मान्छे ले हिम्मत हार्छन। आत्मा हत्या सम्बन्धि अनुशन्धान ले के देखाएको छ भने धेरै आत्माहत्या को  को कारक  तत्वों  मा  मानसिक  रोग आउने गरेको छ । अनि यो पनि देखाएको छ कि जब मानसिक रोग को उपचार हुन्छ तब आत्मा हत्या को सोच पनि हराएर जान्छ।  मानसिक रोग  तनाव को पृष्ठ भूमि मा, पारिवारिक कारण को पृष्ठ भूमि मा वा बिना कारण पनि हुनसक्छ।   

    कस्तो प्रकार को मानसिक रोग मा आत्मा हत्या धेरै हुन्छ त ?
    • मूड डिसअडर(डिप्रेसन, उदासिपन,)--- खुशी हुनु कहिले उदास हुनु जीवन को नियम हो, तर लगातार  उदास रहनु, पहिले अनुभव गर्न सकिएको खुशी पनि महसुस गर्न नसक्नु, हरेक काम बोझ झै लाग्नु, पहिला सहज लगेको काम पनि गाह्रो लाग्नु , लगातार  नकारात्मक  सोच मात्र आउनु , अब केहि राम्रो  हुँदैन जस्तो सोच  लगातार  आउनु , शरीर  दुख्नु (खासै कारण नहुदा पनि), छिटो थकाई लाग्नु , निन्द्रा भोक नलाग्नु, रुन आउनु, कसैले माया गर्दैन भने सोच हावी हुनु , या आफु ले गर्दा सबै ले दुख पाए जस्तो लाग्नु उदासीपन का  लक्ष्यण हुन जुन सँग आत्मा हत्य को सोच्, या  संकल्प पनि   आउछ  । यसको   राम्रो उपचार  छ र धेरै आफ्नो पुरानो राम्रो समय म फर्किन्छन । 
    •  अरु कडा खाल का मानसिक रोग्, जस्तै स्किजोफ्रेनिया जसमा ( अरुले नसुनिएको आवज सुनिने, भ्रम  हुने हुन्छ, शंका गर्ने लक्षण हुन्छन् )    पनि आत्महत्या गर्ने गरिएको देखिएको छ।  
    • नसा लिने जस्तै(रक्सी  , गाँजा, अफीम्); नशा को तनाव्, छोड्न नसकेर अनि नशा  लिने ब्यक्ती मा यसै पनि आतिने या उदासीपन का लक्ष्यण  र अरु मनसिक रोग हुने सम्भावना धेरै हुन्छ ।
    • कतीपय  अवस्थामा आतिने  मनसिक रोग जसका लक्षण मा   धेरै चिन्ता गर्ने, मन सहजै आतिने, निन्द्रा सहजै टुट्ने , मुटु को धड्कन धेरै हुने, आदि  हुन सक्छ त्यसमा  पनि आत्महत्या को सोच आउने  हुन्छ। त्यस्तो आवस्था मा सानो समस्या सित पनि मानिस छिटै आतिनछन् 
    •  Personality traits यानी  मान्छे को स्वाभाव जस्तै छिटै तनाव मा आउने(low tolerance to frustration), सनक मा या झोक मा काम गर्ने स्वोभाव (impulsive traits), मन का भाव अस्हिथिर हुने (emotional instability) मा आत्महत्या हुने संभावना धेरै रहेको छ। 
    • हीन भावना ले ग्रषित मान्छे मा (low self esteem)
    • कुनै आपत बिपत तुरुन्तै आइपर्ने --- जस्तै नुक्सानी,  झैझगडा, सम्बन्ध टुट्ने , बेइज्जत हुने ,परीक्षा मा असफलता (slc मा फेल हुदा केहि ले आत्महत्या गर्न पुग्छन ), भारत मा खेती बिग्रेर ऋण तिर्न नसक्ने अवस्था मा केही  ले गरेका छन् 
    • लामो समय सम्म तनाव मा रहेको छ भने, निको नहुने रोग लाग्दा आदि 
    • धेरै जना को मन मा आत्महत्या को सोच पहिले देखि नै रहेको हुन्छ र बिस्तारै एउटा योजना बन्छ अनि बल्ल कोसिस गर्छन अनि राम्ररी कुरा गर्ने हो भने थुप्रै ले आफ्नो सोच कसैलाई बताउछन।  
    • पहिला कोसिस  गरेका ले फेरी गर्ने सम्भावना धेरै हुन्छ अनि परिवार मा कसैले गरेको छ भने नि गर्ने सम्भावना धेरै रहेको देखिएको छ।  

    उपाय के छन् त ?

    • दीर्घकालीन ; केटा केटी / बाल बच्चा  सित राम्रो समय बिताउनु होस्, सफलता असफलता  लाई सहज रुप ले लिने, आफ्नो मन मा लागेको कुरा लाई ब्यक्त गर्न सक्ने वातावरण बनाउने, अनि सुन्ने (रोकतोक बिना ) 
    • Help seeking  यानी मद्दत लिने बानी को विकास गर्ने जसले गर्दा आफु मा आएको समस्या मा अरु को मदत लिन सक्छन  र सहि समय मा मदत लिन सक्छन।   
    • मानसिक रोग को लक्षण छ भने त्यसै अनुरुप उपचार लिने।  
    • तनाव रहित जीवन बिताउने, problem solving skills (समस्या को समाधान उन्मुख सोचने शैली को बिकास ), ब्याम , सन्तुलित आहार, र सक्रिय जीवन बिताउने।  

    समग्रमा भन्नु पर्दा, आत्माहत्या एउटा सामाजिक समस्या हो , थुपै जना लाइ जीवनको कुनै मोड मा केही  क्षण लाइ नै सहि  यस्तो सोच आउन सक्छ , तर थुप्रै आन्तरिक र बाहिरी  शक्ति ले आशा दिएको हुन्छ जिन्दगी तर्फा मोडिन लाइ,  तर मानसिक रोग को मुख्य समस्या नै त्यो आशा को त्यान्द्रो हराउनु हो।तर मानसिक रोग लाइ उपचार गरे छिन् धेरै मा आशा पलाउछ।  मानसिक रोग का डाक्टर(psychiatrist) , मनोबिद (clinical psychologist) को तालिम धेरै  प्रकार का भावनात्मक समस्या लाइ बुझ्ने अनि कुनै पनि प्रकार या कारण ले आएको आत्माहत्या को सोच सित लड्न मद्दत गर्ने भएका ले सहयोग लिनु फाइदा जनक हुन्छ। तर एउटा राम्रो साथी/ परिवार , इस्ट मित्र, शिक्षक   को सहयोग पनि आशा को संचार गरिदिन्छ। त्यसैले  जसलाई यस्तो सोच हावी छ, एक्लै नलड़नुस ,  मद्दत लिनु होस्।  आत्मा हत्या को सोच ले हावी भएर , केहि गर्न सक्दिन लाग्ने भएका ,  depression को रोग लाइ जितेर अमेरिका का महान राष्ट्पति  बनेका   आब्रहम लिंकन सित हिम्मत लिन सक्नु हुन्छ।  





    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: आत्महत्या वा त्यसको प्रयास: के यो रोग को लक्षण हो ? Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top