728x90 AdSpace

  • अद्यावधिक समाचार

    Wednesday, September 2, 2020

    Antipsychotic (एन्टी साइकोटिक औषधी ) भनेको के हो?-- Dr Prabhakar Pokhrel

    Antipsychotic (एन्टी साइकोटिक औषधी )  भनेको के हो?


    • पार्टी मा शान्त भएर बसेको मान्छे बिस्तारै मदिरा पिउदै जान्छ। बिस्तारै उ धेरै बोल्न थाल्छ , जोड ले हास्छ , कराउछ।  उसको स्वभाव बिपरित नाच्न थाल्छ।  
    • एक जना व्यक्ति भाङ को सेवन गर्छ, जोड ले हाँस्छ  अनि हांसे पछि हाँसेको हासै  गर्छ , कोठा रंगीन देख्छ , आफुलाई उडेको महसुस गर्छ,  डराउछ , कती बज्यो भनेर सोच्न खोज्छ , पत्तो  पाउदैन, कोही कसैले नदेखेको मान्छे देखन सक्छ।  

    माथि उल्लेख  भएका उदाहरण सायद थुप्रै लाई  सामान्य लाग्न सक्छ।  अब नशा गरेछीन  असर त हुने नै भो नि।  तर असर चाही  कसरि हुन्छ त?

    • माथि का नशा का तत्व  दिमाग मा गएर हाम्रो सोच, भावना , इन्द्रिय ले मापन गर्ने क्षमता(जस्तै  दृश्य, श्रब्य ) लाई  मापन गर्न चाहिने  रसायन तत्व को मात्रा  लाई  फेरबदल गरिदिन्छ।  अर्को शब्द  मा भन्ने हो भने हाम्रो दिमाग, दिमागी रसायन को सहि मात्रा  को प्रयोग ले स्थिर रहेको छ।  हामी आफ्नो अनुभव, आन्तरिक र बाहिरी प्रकिया, र यस्तै थुप्रै कारण ले त्यस मा घट बढ आउन सक्छ र त्यस अनुरुपले  महसुस गरछौ।  
    • जस्तै भोक लगेर खान पाउदा पेट त भरिन्छ त्यसै गरि दिमाग को एउटा भागमा दोपामिन(dopamine ) नाम को रसायन   बद्छ अनि हामी भर पेट खाना सित खुशी महसुस गर्छु जब कि अर्को कुनै दिन जब हामीलाई भोक लागेको छैन भने त्यति नै खाना ले हामी लाई त्यस्तो केहि खुशी नदिन सक्छ।  त्यसै गरि जब हामीले केहि कुरा देख्छौ   तब हाम्रो दिमाग को केहि भाग सक्रिय हुन्छ , जस्तै रेटिना यानी आखाको नानि , दिमाग को अर्को भाग खोज्न थाल्छ(मेमोरी , memory राख्ने भाग ) यो मैले पहिले कहाँ देखेको भनेर ,अनि  दिमाग को पछाडि को भाग ले गर्दा दृस्य अवलोकन पूरा हुन्छ    अनि त्यसमा दिमागी रसायन ले रफ़्तार दिन्छ। 

    दिमाग को स साना भागको आफ्नो छुटै भूमिका रहेको हुन्छ। जस्तै दिमाग को पछाडी को भाग को काम भनेको दृश्य अवोलोकन मा मद्दत पुराउनु हो. त्यसै गरेर अगाडी को भाग को काम चै मांसपेसी चलाउन मद्दत गर्छ, आदि।  दिमाग को सानो महातोपुर्ना भाग लै हामी न्यूरोन (neuron ) भन्छौ  , अनि न्यूरोन  हरु जोडेर एउटा ठुलो हिस्सा  बन्दै जान्छ।   त्यो जोड्ने काम छै रसायन ले गर्छ जसलाई हामी न्यूरोट्रांसमीटर  भन्छौ

     यानि की न्यूरॉन को तागत लाई फैलाउने रसायन (transmitter )



    अब साइकोसिस(psychosis ) , सिजोफ्रेनिया(schizophrenia )  आदि मनोरोग मा दिमाग  माँ हुने रसायन मध्ये डोपामिन (dopamine ), सेरोटोनिन (serotonin ) नामको  रसायन को मात्रा  धेरै हुन जान्छ जस्ले गर्दा दिमाग को केहि भाग यसै सक्रिय हुन्छन या ज्यादा नै सक्रिय हुन्छन जसको कारण ले गर्दा , कसैले नसुनेको आवाज सुन्ने , आफ्नै मन का सोच बहिरा बाट सुनिएको जस्तै
    लाग्ने, हुने नसक्ने कुरा पनि पक्का लाग्ने , डर लाग्ने, बिना आधार माँ नै कसैले मारन सकने कुरा माँ बिस्वस्त हुने, अचम्म को कुरा वा बानी ब्यहोरा देखाउने, आफ्नो सरीर अरुले नियन्त्रण गरेको कुरामा बिस्वस्त हुने   आदि हुन जान्छ।

    अब त्यस्ता रोग मा केबल बिरामी लाइ समझाएर धेरै फाइदा हुदैन किन की डोपामिन को बढेको मात्रा ले गर्दा
     उनीहरु लाई ति सब साचो झै लाग्छ।  त्यसैले त्यस्तो अवस्थामा Antipsychotic (एन्टी साइकोटिक औषधी
    ) को प्रयोग गर्छौ।


    Antipsychotic (एन्टी साइकोटिक औषधी ) मुख्य तय रूप मा डोपामिन नामको रसायन लाई कम गराइ नियन्त्रण माँ लिएर आउछन्।
    धेरै प्रयोग  हुने Antipsychotic (एन्टी साइकोटिक औषधी ) मा
    -
    second (दोस्रो ) जनरेशन 

    • रेस्पेरिडोन (Risperdone ), ओल्यानज्यापिन (olanzapine), अरिपरिप्रज़ोल (aripriprazole ), अमिसलपराइड (amisulpride ), क्विटियापिन (quetiapine ) आदि 
    first generation (पहिलो/पुरानो )-- 
    • हैलोपेरिडोल (Haloperidol ), क्लोरप्रोमाज़िन (chlorpromazine ), ट्राइफ्लूपेराज़ीन (trifluperazine ) आदि आउछन्।  

    • औषधी मुख बाट, इंजेक्शन बाट , खाना /पानी मा घोलेर   पनि  दिन मिल्छ तर डाक्टर को सलाह बिना लीन हुन्न।  

    • कति समय, मात्रा माँ, कसरी  लिने भन्न को लागी डाक्टर को सलाह लिनु पर्छ।  

    • साइड इफ़ेक्ट -- कसै कसैलाई गर्दन टेढ़ो हुने, खुटा/सरीर  मा छटपटी हुने, अनुहार को अनि सरीर को मांसपेशी कड़ा हुने, सुस्त हुने, निंद्रा धेरै लाग्ने , सेक्स मा समस्या,   मुख बाट रयाल बग्ने , बजन बढ़ने हुन सक्छन।  आफ्नो डाक्टर सीत त्यस्तो अवस्थामा सम्पर्क गर्न सक्नु हुन्छ।  कति समस्या आफै ठीक भएरै जान्छ भने कुनै माँ अर्को औषदी बद्लेर फ़ायदा हुन सक्छ।  हामी सीत सहजै डोपामिन बढ्यो या स्थिर भयो भनेर नापने जाँच छैन अनि कुन आषधि कुन बिरामी माँ फिट हुन्छ( धेरै फ़ायदा अनि साइड इफ़ेक्ट काम) भन्ने ठोस जाँच नभए पनि केहि आधार हरु चाही प्रामाणित छन।  


    Antipsychotic (एन्टी साइकोटिक औषधी ) को अन्य प्रयोग हामी डिप्रेशन माँ (कड़ा  खाले ), बाइपोलर डिसऑर्डर (bipolar  disorder ), severe anxiety disorder (कड़ा खाले आतिने रोग ), टिक्स डिसऑर्डर (tics  disorder ) र शारीरिक अवस्था ले गर्दा आउने ब्यवहार को परिवर्तन जस्तै डेलीरियम (Delirium  ), behavior problems in mental retardation , ADHD (बच्चा माँ हुने साह्रै नै चञ्चल हुने एक प्रकार को मनोरोग) आदि मा पनि गर्छौ। 
    Next
    This is the most recent post.
    Older Post
    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: Antipsychotic (एन्टी साइकोटिक औषधी ) भनेको के हो?-- Dr Prabhakar Pokhrel Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top