दीवालीमा आँखाको सुरक्षा (Eye
safety during deewali)
--- डा. सबिन साहु --- (Dr. Sabin Sahu) ---
घर छेउका छिमेकीहरुले पटाका जलाएको हेरी बसेकी १० बर्षकी सानीमायाको जिन्दगी
अन्धकार बनाई दिएको छ दिवालीले। उनको आँखामा पटाकाका केहि
टुक्रा लागेर आँखामा गहिरो चोट लागेको छ
अनि डाक्टरले भनेका छन् कि यो आँखाले अब कहिल्यै देख्न सक्ने छैन।
(This festival of lights, deewali, has
made the life of Sani maya, a 10 year child, dark since she has suffered some
injuries to her eye while she was watching the neighbours play fire-crackers.
The injury is so serious that the doctors have said she will never be able to
see with this eye.)
३० वर्षका सिकर्मी दिल बहादुरको कहानी पनि उस्तै छ । साथी-भाईको लहैमा लागेर दीवालीमा हातै मा राखेर पटाका बम्ब जलाउन उक्सिएका दिल
बहादुरको हातमा अनि आँखामा चोट लागेको छ
जसले गर्दा उनको जिबनयापन मा कठिनाई भोग्नु परेको छ।
(A story of 30 years old carpenter, dil
bahadur is also similar. To prove his bravery among his friends, he dared to light a fire-cracker keeping it on his own hand which resulted
into a serious injury in his hand and his eyes making his work and livelihood
difficult.)
दीवालीमा पटाका, रकेट पटाकाहरु जलाएर रमाइलो गरिन्छ तर तपाईंको सानो लापरवाहीले
गर्दा आँखामा सानो-तिनो चोटदेखि लिएर कहिल्यै ठिक नहुने गरि आँखा अन्धो पनि हुन सक्छ।
(Deewali is enjoyed lighting fire-crackers but your small negligence can
lead to injuries in your eyes ranging from minor injuries to injuries severe
enough to make you permanently blind.)
आँखाको सुरक्षाको लागि के गर्ने? (What to do to keep your eyes safe?)
सबैभन्दा असल उपाय भनेको चोटबाट बच्नु नै हो त्यसैले आँखाको सुरक्षाको लागि आज म तपाईंहरु लाई निम्न
केहि कुरामा ध्यान दिलाउन चाहन्छु ।
१) पटाका हरु जलाउँदा खुल्ला
ठाउँ मा मात्र जलाउनु होला ।
२) बिशेषगरी साना केटा-केटी
हरु लाई आफ्नो निगरानी मा राख्नु होला ।
३) पटाका जलाउँदा वा हेर्दा
सुरक्षित दुरी मा रहनु होला ।
४) जति सकिन्छ cotton को कपडा
लगाउनु होला र nylon, सिल्क वा synthetic का कपडा नलगाउनु होला ।
५) नजिकै ज्वलनशील पदार्थ हरु
छन् भने साबधान रहनु होला ।
६) सुरक्षा चस्मा वा गोगल्स को
प्रयोग ले पनि आँखा मा चोट बाट बचाउन सक्छ ।
Prevention
is always better than cure and prevention is always the best way so, to keep
your eyes safe I am sharing here few important points.
1)
Always burst the
firecrackers in the open spaces only.
2)
Especially keep
the children away and under your supervision.
3)
While lighting or
watching the crackers stay at the safe distance.
4)
As much as
possible wear cotton clothes and avoid nylon, silk or synthetic clothes.
5)
Be careful and
ensure that there are no combustible or inflammatory things nearby while
lighting crackers.
6)
Use of safety
glasses or goggles can protect your eyes from the injury.
चोट
लागि हालेमा के गर्ने ? (What to do in case of injury?)
केहि गरि चोट लागि हालेको
बेला प्राथमिक उपचारको लागि निम्न कुरामा ध्यान दिनु होला ।
१) आँखा नामिच्नु होला ।
२) आँखामा सानोतिनो केहि गिरेको छ भने प्रशस्त सफा पानीले आँखा
धुनु होला (कम्ति मा १० मिनेट) र कुनै केमिकल आँखामा परेको छ भने कम्तिमा ३० मिनेट
सम्म पानीले धुनु होला।
३) धेरै ठुलो चोट लागेको संका
छ भने सके सम्म छिटो आँखा बिशेसज्ञलाई देखाई उपचार गराउनु होला। समय मै उपचारले
अरु धेरै नोक्सान हुन बाट बचाउन सकिन्छ । आँखामा shield वा
cotton को eye pad
लगाएर डाक्टरको मा तुरन्त जानु होला।
४) सानो
केटा-केटी छ भने चोट लागि सके पछि खाली पेट राख्नु होला किनभने ओपेरेशन गर्नु
पर्ने अवस्था छ भने बेहोशीमा पनि गर्नुपर्ने हुन सक्छ ।
रमाइलो गर्नुहोस् तर सुरक्षित रहनुस्। धन्यवाद ।
If in case the
injury has occurred, for the first-aids kindly pay attention to following few
things:
1)
Do not rub your eyes.
2)
If something has fallen into your
eyes wash it with plenty of water for at least 10 minutes and if you suspect it
to be some chemicals wash it for at least 30 minutes.
3)
If you suspect some severe
injuries rush to hospital immediately. Timely treatment and intervention can
prevent the further damage. Put an plastic eye shield or an cotton pad over the
eye and rush to doctor as soon as possible.
4)
In case of small children, do not
let them eat or drink anything after injury since the surgeries are required to
be done under general anaesthesia, if needed.
Enjoy but stay safe! Thank you!
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस