728x90 AdSpace

  • अद्यावधिक समाचार

    Sunday, November 2, 2014

    आतिने रोग (anxiety disorder) के हो?


    --Dr Prabhakar Pokhrel----डा प्रभाकर पोखरेल 
    अलि अलि चिन्ता, कहिले काहिँ को हड़बड़ाहट  त सामान्य हो तर लगातार चल्यो अनि दिनचर्या गार्हो भयो भने नि................. 
    यस लेख मा  विशेष  गरी  anxiety disorder  यानी " चिन्ता, हड़बड़ाहट, छटपटी , "आतिने रोग" को बारेमा अवगत गराउन  चाहन्छु।

    Anxiety disorder  एउटा यस्तो रोग हो जसमा   परिश्थिति , घटनाक्रम, वा आवशेकता  भन्दा ज्यादा आतिने,(विशेष गरी आउने दिन या घटनाक्रम ) अनि त्यसका लक्ष्यण  पनि देखा पर्छन  , जुन एक दुइ दिन या पल नभएर लामो समय रहन्छ अनि त्यसमा  मा स्वयम मान्छे लाई पनि धेरै भयो लाग्छ तर सको बस मा रहदैन अनि जीवन तनाव मय बनि रहन्छ। 



    • यो -१५ % मानिस  मा हुन्छ यसलाई निम्न लिखित तरिका मा छुटाउन  सकिन्छ।
    • मनोत्रास (panic disorder)-चानक मुटु काँप्न थाल्छ  , मुख सुक्न थाल्छ , हात खुट्टा चिसो हुन्छ अनि शरीर काँप्न थाल्छ ,सास फेर्न गार्हो हुन्छ, पसिना आउन थाल्छ, कान बज्न थाल्छ, हात खुट्टा चिसो भएको महसूस हुन्छ ,  हात खुट्टा मा झनझनाहट महसूस हुन्छ, छाती भारी भएको महसूस हुन्छ, स्वास फेर्न गाह्रो हुन्छ, बेहोस हुने झै अनुभव हुन्छ   लाग्छ मानौ अब अहिले नै मृत्यु  हुन्छ या पागल नै भइन्छ।   जरुरि छैन कि सबै मा माथि का  सबै लक्ष्यण हुनुपर्छ  तर धेरै जसो  या बढ़ी  नै हुन्छन  साथ मा नाप्दा   बीपी बढ्नु  अनि मुटु को धडकन  पनि  बढ़ी हुन सक्छ।अनि यस्तो हुदा धेरै आकस्मिक कक्ष  (emergency रूम) पुग्छन। कसैलाई हर्ट अट्त्याक (Heart attack ) हुन लाग्यो लाग्छ कसैलाई सास रोकिन लाग्यो ; त्रास को अवस्था हुन्छ। जसलाई यो हुन्छ उनीहरुलाई यति भय हुन्छ कि कति  पछि फेरी भयो भने भन्ने डर ले एक्लै बस्न सक्दैनन्। मन मा डर बनिरहंछ । यो लगातार नभएर १०  -२० मिनेट सम्म हुन्छ। हेर्दा सबै शारीरिक लक्ष्यण तर रोग मनोरोग। 
    •  जस्तै --- 
    • बतीस बर्षीय महिला, धेरै चोटी इमर्जेन्सी  लगियो: चानक मुटु काँप्न मुख सुक्न थाल्छ , हात खुट्टा चिसो हुन्छ अनि  शरीर काँप्न थाल्छ ,सास फेर्न गार्हो हुन्छपसिना आउन थाल्छ,  लाग्छ मानौ अब   अहिले नै मृत्यु हुन्छ  तर १५ -२० मिनेट  मा ठिक हुन्छ , ग्लूकोज, सलाइन  चढ़ाइयो,  मुटु , फोक्सो  को सबै जाँच  ठिक , डाक्टार डराउन पर्दैन भन्छन  तर रोग ठिक हुदैन। अर्को चोटी केहि हुदैन भनेर सम्झाउन खोजे को श्रीमान लाई रिसाउदै  भन्छिन " तपाईलाई भए थाहा हुन्थ्यो" यो त्रास मा कसरि बाच्नु ...


    • अगोरोफोबिया(Agorophobia)---- भिड भाड , लिफ्ट, मन्दिर, पुल बस ,ट्रेन, प्लेन , सिनेमा हल, बन्द कोठा या बाथरूम जहाँ पनि लाग्छ म फस्छु , निस्कन  गाह्रो  हुन्छ , डर लाग्छ, औडाहा हुन्छ , हंस ले ठाउँ छोड र माथि को मनोत्रास को लक्ष्यण हुन सक्छ। कति बेला त्यस्तो ठाउँ मा केवल जाने सोच  मात्रै पनि कहिले काफी   हालत खराब गराउन। 
    • जस्तै ......४२ बर्षीय कर्मचारी -- छोरा छोरी लाई भगवान मन मा   भनिदिए  मन्दिर  गईन (भीड़ भाड़  मा कसरी जानु ) , सिनेमा हेर्नु भनेको पैसा फ्याँक्नु हो भनेर गाली  गरे तर पर्सी  बस मा बिराटनगर कसरी जानु लौ, नगई हुदैन!! प्राण नै जाने भो जस्तो छ।  

    • सोसियल  फोबिया (social phobia या social anxiety disorder )
    • तपाई लाई हरेक दिन परीक्षा  दिनु परर्यो  भने कस्तो लाग्छ, या त   हरेक दिन तनाव मा रहनु हुन्छ या  भै रहोस  भनेर चल्नु हुन्छ। सोसियल  फोबिया भएको मान्छे लाई मान्छे को जमघट, भेँटघाट , सामाजिक अवस्था कुनै परीक्षा भन्दा कम हुँदैन त्यस्तो परीक्षा जसमा सधै फेल भए झै महसूस हुन्छ।  अप्ठ्यारो, लजित महसुस हुने  , बोझिलो  लाग्छ . मानौ  हरेक मान्छे मुल्यांकन गर्ने बसेका छन् , धेरै  जसो नकारत्मक  नै गर्छन। हरेक कुरा ध्यान  दिएर हेरेका छन् , हरेक कुरामा  बेइज्जत  को अनुभव हुन्छ। 
    • आफ्नै जन्मदिन  केक काट्नु होस्, क्लास मा आएको उत्तर  दिनु होस्, सबै को अगाडी केहि गर्न होस् या, क्लास को पहिलो दिन आफ्नो नाम भन्न मा होस् हात काप्ने, मुख सुक्ने , डर लाग्ने, मुख रातो हुने या शरीर बाट नराम्रो गंध आउने अनि  अरु ले देखेर बेइज्जत हुने डर हुन्छ , जसले गर्दा कति ले बीच  मा पढाई छोड़छन , प्रमोशन  चाहदैनन्, पार्टी  जादैनन् , साथी कम हुन्छ
    • मानिसहरु यिनीहरुलाई  लाई घमन्डी , एकोहोरो, एकलकाते  , डर छेरुवा , सन्की, अल्छि यस्ता धेरै नाम ले बोलाउछन। 


    • OCD (obsessive compulsive disorder ;एकोहोरो मन)  
    • पानी नआएर वाक्क  दिक्क भएको आमा दुई घण्टा नुहाउदै दस चोटि हाथ धुदा पनि हाथ सफा भएन भन्ने  छोरी  सित साह्रै दुखी छिन 
    • बाबा ढोका लगाउनु भयो भनेको, भन्दा भन्दा पनि राहुल ले १० चोटि ढोका चेक गरी सक्यो त्यै पनि मन मान्दैन ,
    • भगवान लाई गाली   गरेको छैन भन्दै पल्लो घरकी रेनुका दिनमा  सय चोटी  राम राम राम भन्छे 
    • सीता दिन को ६  घण्टा भन्दा बढी समय घर सफा गर्न मा बिताउछे अनि घर मा आउने सबै लाई पहिले ३ चोटी हात धुन लगाउछे, उनको मन मा मानौ फोहर/सफा  बाहेक केहि छैन
    • राजु आफ्नो किताब रंग अनुसार मिलाएर राख्छ , जुत्ता पनि एउतै तरिका ले राख्छ, अनि सामान्य किताब मिलाउन पनि उसलाई २ घण्टा भन्दा बढी लग्छ। उसलाई धेरै जसो चिज नमिले झैँ लाग्छ, आफ्नो केहि पनि कुरा कसैलाई पनि छुन दिदैन र कति बेला आफ्नो यहि बानी बाट उ आफै आजित भैसक्यो तर नगरे उसलाई उकुसमुकुस हुन थाल्छ।  
    • भक्खरै  सुत्केरी रमा बच्च्लाई मार्छु  भन्ने सोच ले यसरी पीडित छिन  कि नत यो कुरा  रिसाएको को सासु लाई भन्न सक्छिन   दुध पिलाउन , आफ्नो मन लाई सम्झाउुने कोसिस   गरेकी हुन कि आफ्नो बच्चा  लाई को मार्छ   मन मान्दैन  
    • यो रोग नै यस्तै हो, दिल हे कि मानता  नही जस्तै लगातार आउने, अब सोच्दिन भन्दा पनि काबु मा नरहेको सोच, रोक्न खोज्न खोज्दा छटपटी हुने (obsessive यानी एकोहोरो सोच ) अनि त्यस अनुरुप गर्ने कार्य जसले क्षणिक राहत दिए पनि पछि गर्ने पर्ने कार्य हुन जान्छ जस्तै कि लगातार हात धुने, जुत्ता एक तरिका ले मिलाएर राख्ने ( compulsion यानी एकोहोरो बानी ) यो रोग को बिशेषता हो।  


    • Generalized anxiety disorder 
    • लगातर आउने चिन्ता, जुन यति  हावी हुन्छ  कि त्यसको चक्रब्रिउ   दिनको तालिका  चल्न थाल्छ अनि त्यो  पनि सा-साना कुरा मा  जस्तै ; छोरा  १० मिनेट पनि  ढिलो घर आएमा , आज तरकारी सकियो, दुई बजे छोरा लाई स्कुलमा  लिन जानु ( बजे देखि ), टिफिन के पकाउने होला , यस्तो रोग मलाई पनि लाग्यो भने आदि।  स साना कुरामा आवशेकता  भन्दा धेरै अनि  रोक्न नै नसकिने  त्यस सँग शरीर दुख्ने, टाउको दुख्ने,  हात पखुरा  भारी लाग्ने , मुटु को ढडकन बढने , डर लाग्ने  , हात  काप्ने , काम बोझ लाग्ने आदि हुन्छ ; एकछिन  पनि relax(शान्त वा आराम ) भएर बसेको  अनुभव गर्न नसकेको अवस्थामा; आउने दिन को धेरै चिन्ता लाग्ने ;कति  बेला सामान्य चिन्ता ले पनि निन्द्रा नआउने आदि  जुन एक दुइ दिन नभएर छ महिना या त्यो भन्दा धेरै रहन्छ 


    • Post traumatic stress disorder (PTSD ) ;
    • कुनै पनि दुखद् घटना जस्तै ठुलो दुर्घटना , चोटपटक , लुटपाट, बलात्कर आफन्त को हत्या आदि पछि आतिने, डर लाग्ने, जसमा मुख्य तय निम्न प्रकार का लक्ष्यण देखा पर्छन। 

        १. Flashback   जस्तै घटना बारम्बार याद           आइरहने चाहे नराम्रो सपना                         भएर  वा बिपना मै या     
          कुनै कुरा ले विषेस याद दिलाउने जस्तै हात हतियार 

        २. Avoidance behavior  जस्तै घटना भएको ठाउँ मा नै नजाने, त्यो कुरा वा त्यसँग             सम्बन्धित कुनै कुरा नगर्ने, घटना याद दिलाउने सबै कुरा सित टाढा                           रहने 
        ३. Autonomic hyperactivity जस्तै मुटु को धड्कन बढ्ने, झस्किने, शरीर काप्ने आदि भै         रहने आदि 
    जस्तै ; संगै पिकनिक गएका हरि र राहुल बस दुर्घटना मा पर्छन। हरि को मृतु हुन्छ। तर राहुल आई सामान्य चोट पटक लाग्छ। तर त्यस दिन देखि राहुल राम्ररी  निदाएको छैन. उ सहजै गाडी चड्न मान्दैन, बस त पटकै मान्दैन। हर्न, टेलिफोन को घन्टी, मसिना आवाज सित झस्किन्छ, मुटु को धड्कन बढ्छ  एक्लै कतै जादैन। धेरै जसो नराम्रो सपना देख्छ अनि बिउजिञ्छ। आमा बुवा ले त्यस घटना को कुरा गर्न खोजे उठेर हिड्छ। पहिले जस्तो पढाई राम्रो छैन।   


    • Situational anxiety यानी निश्चित अवस्था  मा आतिने ;

     जस्तै कसैलाई केवल परीक्षा को अगाडि मात्र डर लाग्ने, निद्रा नलाग्ने , आतिने , पढ्न नसक्ने जुन सामान्य भन्दा धेरै अनि जसले गर्दा धेरै नै नकारात्मक  असर हुन्छ।(सामान्य डर या चिन्ता भन्दा धेरै अनि प्रतिकुल असर गर्नु पर्यो)


    • Specific फोबिया;  निश्चित कुरा या बस्तु संग डर

    जस्तै कि कुकुर, माकुरा, उचाई आदि अब यो सामान्य नभएर ठुलो मात्रा मा जस्तै कि रमेश लाई टाडा बाट माकुरा देखे पछि पुग्यो, मुटु को धड्कन बढ्छ , त्यो कोठा मा नै जादैन , उसको सानो भाई ले उसलाई माकुरा भनेर तर्साउछ। रमेश ले कति चोटी म डराउदिन भने पनि सकेको छैन। कहिलेकाही सोच्छ मैले माकुरा को के खाइदिएको छु र ?


    कति जना मा आतिने रोग को लक्ष्यण मा केवल जिउ दुख्ने , पेट वा टाउको दुख्ने आदि पनि हुन सक्छ जसको शारीरिक कारण नभेटिन सक्छ। 

    उपचार;
    औषधि बाट ---दिमागी रसायन लाई व्यवस्थित  गरेर  डर अनि शारीरिक  डर का संकेत जस्तै मुटु काप्ने, हात काप्ने, निन्द्रा नलाग्ने आदि को नियन्त्रण गर्ने 

    मनोबैज्ञानिक पद्दती-- 
    Relaxation exercise यानी relax वा तनाव मुक्त बस्न मद्दत गर्ने ब्याम 
    Cognitive behavior थेरापी- सोच का विकार  लाई जीतेर व्यवहार मा सकारात्मक परिवर्तन ल्याउने बिधि आदि 

    उपचार बिधि को बारेमा हामी फेरि पनि लेख्ने छौ 

    आतिने रोग अनि मनोरोग को बारेमा नेपाली मा अझै थाहा  पाउन www.mentalhealthnepal.com मा जानु होला।

    • Blogger Comments
    • Facebook Comments

    1 प्रतिक्रिया:

    1. अतिनै राम्रो लाग्यो यसबारेमा जानेर । मेरो पनि रोग यस्तै हो । डर लाग्ने आतिने .......
      यस्को उपचार कहाँ गर्न सकिन्छ होला

      ReplyDelete

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: आतिने रोग (anxiety disorder) के हो? Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top