728x90 AdSpace

  • अद्यावधिक समाचार

    Saturday, October 10, 2015

    डिप्रेसन(Depression) वा उदासीपन वा दिक्दारिपन को रोग --- part 1(के हो डिप्रेसन )

    Dr Prabhakar Pokhrel

    के लगातार मन उदास हुनु, खुशी महसुस गर्न नसक्नु रोग हो 
    म सानो छँदा आफु भन्दा ठुलाहरुको ब्लड प्रेसर नापेको देख्दा मेरो पनि नाप्नु भने । त्यो बेलामा केटाकेटीको ब्लड प्रेसर हुदैन भनेर भन्नु भो। कसले भनेको त याद भएन तर पछि साथीहरु को बीच मा कुराकानी हुँदा त्यहि सुनेको विश्वासले ठुलो ठुलो स्वर मा "केटा केटी को ब्लड प्रेसर हुदैन" भन्दै बादबिबाद नै भो तर पछि बुझ्दै गए के को नहुने रहेछ? कसैको धेरै भए पनि रोग को लक्षण , कम भए पनि खतरा को सूचक। अनि यो चाहिँ MBBS पढ्दा बुझेकि एक चोटि नाप्दामै धेरै भयो भन्दै मा सिधै हाइ (धेरै ) नभनेर एक दिन को फरक मा फेरी हेर्दा हाई भए चाही रोग भएको पक्का जस्तो हुदोरहेछ।


    यो प्रसङ्ग मा शरीर का सबै कुरा लाई राख्न मिल्छ। 

    जस्तै तापक्रम , पिसाब , दिसा , मुटु को धड्कन आदि। जस्तै दिन को एक चोटी दिसा लागे ठिक छ, दुइ चोटि लागे ठिकै होला तर हरेक दिन १० चोटी पातलो दिसा भए diarrhoea(झाडापखाला ) को रोग हुन आउछ । हाम्रो शरीर एउटा नियम मा चल्छ , पेटका किटाणुका संक्रमणले दिसाको नियम तोडे पछि चाही रोगको लक्षणको रुपमा लगभग बाथरुमको बासनै  गराईदिन्छ।


    हुन त मैले सहजरुपले diarrhoea(झाडापखाला ) लेखे तर स्कुल पढ्ने दिनमा diarrhoea ले बिरामी भए पनि application diary (निलो रंगको diary हुन्थ्यो ) मा चाही fever लेखेर लग्थ्ये। एक त diarrhoea लेख्न लाज लाग्थ्यो र त्यो बेला diarrhoea को स्पेल्लिंग पनि गार्हो लाग्थ्यो, कसले dictionary हेरेर लेखोस।

    प्रसंग यी सब बाट आज को बिषय सुरु गर्नु को कारण यति हो कि जब कुरा आउछ भावना वा emotion को तब हामी माथिका नियम भन्दा भिन्न सोच बनाउछौ । हामी सबै दुख , सुख, रिस , हाँसो महसुस गर्न सक्ने  गरि बनेका छौ। कुनै रमाइलो यात्रा सम्झिदा खुसी लाग्नु , अनि एक छिन्मा ति साथीहरु कहाँ गए होलान भनेर उत्सुक हुनु अनि नराम्रा घटना सम्झेर रुन आउनु, भाबुक हुनु, उदास हुनु वा एक दिन निदाउन गार्हो हुनु सामान्य भावनात्मक प्रक्रिया हुन्।तर हरेक दिन स- साना कुरा मा उदास हुन थालियो भने नि, हरेक दिन निदाउन गार्हो भयो भने नि , पहिले सहजै गरिने काम बोझ लाग्यॊ भने नि, पहिले राम्रो अनि रमाइलो लागेको कुरा पनि राम्रो लागेन भने नि , हर बखत नराम्रा सोच (आफ्नो पहिलेको स्वभाव बिपरित ) आउन थाल्यो भने नि: अब के भाको भन्ने?

    म फेरी पनि माथि को उदहारणमा नै जान्छु।  ९८*F  को तापक्रम छ भने यौ सामान्य हो ; त्यसै गरी घटना क्रम अनुसार सुख वा उदासी , राम्रा अनि नराम्रा सोच।  २-४ दिन ९९*F वा १००*F सम्म पुगे थकाई ले होला, मौसम बदलेर होला ठिकै हुन्छ भने झै  २-४ दिन लगातार उदास भए, नराम्रा सोच आए ल ठिक छ मन लाई सम्झाउछु , राम्रो कुरामा मन बहलाउछु भन्नु पनि ठिकै हो.  तर यदि १००*F भन्दा माथि या ५-६ दिन भन्दा धेरै भए अब त ज्वरो नै हो , के रोग लाग्यो उपचार गराउनु पर्छ भने झैँ यदि १४ दिन भन्दा या धेरै लगातार रुप ले मन उदास या दुखि , जति कोसिस गर्दा नि नराम्रा सोच आउने , वा बेकार लाग्न थाल्यो भने अब मन को रोग यानी depression  वा उदासीपन वा दिक्दारिपन को रोग लाग्यो कि  भनेर  सोच्नु पर्छ।

    हुन त" रोग" ले थुप्रै उतार चडाव देखेको छ जस्तै , जादु टोना ले गर्दा , ग्रह दशा बिग्रेर , आदि बाट किटाणु ले गर्दा , जीवन शैली ले गर्दा , बंशानुगत कमजोरी वा जिन्स(genes )  ले गर्दा सम्म को यात्रा।  तर त्यस अर्थ मा मनोरोग को यात्रा चाही सार्है ढिलो देखिन्छ। हुन त ज्वरो आयो भने नि फुकफाक गरेर ठीक  भाको छ भनेका बिरामी पनि प्रसस्तै भेटेको छु तर त्यो भन्दा धेरै चाही depression हो भनेर मान्न गार्हो मान्ने बिरामी धेरै होलान।  किन त?

    यस का  भ्रम धेरै छन्!!

    • नर्मल Reaction हो लाग्ने जस्तै मलाई कसैले गाली गरे मा दुखि हुन्छु।  
    •  मानसिक रुप ले कमजोर हुने लाइ हुने रोग 
    • म पागल भएको छु र म आफ्नो काम गरी रहेको छू नि( यानि कसैले मनोरोग  रोग भनेको  पूर्ण होसहवास गुमाएर  हिड़ने जून मनोरोगी मध्धे मा पनि  केबल    १% भन्दा नि  कममा हुन्छन त्यही  ठान्छन। जबकी तिनीहरु पनि   उपचार गरे राम्रो हुन्छन) 
    • मन लाइ बलियो बनाउनु पर्छ अनि आफै ठिक हुन्छ।  
    • आफु ले प्रगति गर्न नसकेर डाहा गरेर हुने रोग हो।  
    • फुल को आखा मा फुलै संसार भने झैँ नराम्रो मात्रै सोचे मन दुखि भैहाल्छ नि।  
    • अरु ले गराइदेको हो।   
    • मलाई धेरै टेन्सन दिएर भएको हो।   
    • कसैले नि माया नगरेर भएको हो।  


    अनुसन्धान ले चाही के भन्दो रहेछ त ?

    • बंशानुगत कारण पाइएको छ।  
    • दिमागी रसायन जस्तै सेरोटोनिन (serotonin), डोपामिन (dopamine ), नरइपिनेफ्रिन (nor-epinephrine ) को मात्रा मा कमी देखिएको छ (जुन उपचार पछि ठिक रहेको पाइएको छ )
    • सामान्य जीवन म दुखि हुने कुनै  कारण नहुने मानिसमा पनि यी(दिमागी रसायन)  परिवर्तन हुन सक्छ  यस अर्थ मा रोग केवल दिमागी रसायन मा परिवर्तन मात्रले गराउन सक्छ। 
    • हरमोनल  कारण पनि देखिएको छ।  
    • लामो समय को तनाव, तनावयुक्त घटना क्रम , लामो समयसम्म लागेको शारीरिक रोग, दुखाई आदि ले डिप्रेसन हुने सम्भावना बढाउछ। 
    • एक दुइ दिन हुने उदासी, या कुनै घटना क्रम( जस्तै आफन्तजन को मृतु मा शोक ) डिप्रेसन होइन तर लामो समय रह्यो भने हुन सक्छ।  
    • महिलाहरु मा पुरुष को तुलनामा दोबर मात्रा मा हुने देखिए को छ।  
    • आफुले समाज, आफैलाई अनि भबिस्य लाई हेर्ने  दृस्त्रिकोण ले नि depression हुने अनि फेरी बल्झिने गराउन सक्छ। 
    • डिप्रेसन को लक्षण भएर उपचार नगरेका , मन बहलाउने कोसिस या अन्य कुनै औषादी जस्तै vitamins  (placebo ) गरेका सित डिप्रेसन को लक्षण भएर डिप्रेसन कै औषधि ले उपचार गरेको लाई तुलना गर्दा उपचार गर्ने हरु धेरै छिटो र प्रभावकारी रुप मा ठिक भएको पाइएको छ।   
    • संसार को सबै देश, भाषा भाषी, सबै धर्म मा विश्वास गर्ने मा यो रोग देखिएको छ ( अब कुनै एक भगवान मात्र रिसाएर हुने होइन )
    • डिप्रेसन भएर निको भएका थुप्रै सफल ब्यक्तित्वो हरु( थुप्रै डिप्रेसन भए पछि सफलता तिर लम्केका छन् ) ले यौ पुस्टि गर्छ कि यो मानसिक कमजोरी को लक्षण होइन।  
    •  झण्ड ८०-९०  प्रतिसत सम्म, जस्तो  सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ। 
    •  सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानिस लाई काम गर्न गाह्रो बनाउने,(disability adjusted life year )  रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छ।   


      click  to go to Part २ - part 2(लक्षणहरु कस्ता हुन्छन त?)

    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: डिप्रेसन(Depression) वा उदासीपन वा दिक्दारिपन को रोग --- part 1(के हो डिप्रेसन ) Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top