- उदासीपन वा धेरै जसो मन दुखि भैरहन्छ (आफ्नो पहिले को स्वभाव भन्दा बिपरित या ज्यादा मात्रा मा ) persistent sadness of mood or low mood

- सहजै खुशी महसुस गर्न नसकिने अवस्था loss of pleasure or happiness
- सहजै ध्यान केन्द्रित गर्न गाह्रो हुने, poor attention and concentration
- स साना , रोज मर्रा का कुरा हरु सहजै विर्सने, सम्झने शक्ति कमजोर भएको जस्तो लाग्ने poor memory especially immediate and recent
- टाउको भारी हुनु, दुख्नु headache, (tightness or pain)
- शरीर दुख्ने unexplained body-aches
- हात खुट्टा वा जिउ पोल्ने ,झमझम हुने ,लाटो हुने वा दुख्ने
- चिडचिडाहट हुनु, सहजै झर्को लाग्ने irritability , restlessness
- निद्रा गडबडी हुनु disturbed sleep
- खाना रुची हुने या गडबड हुने , दुब्लाउने disturbed appetite; loss of weight
- यौन इच्छामा कमी आउनु decrease libido(loss of interest in sex )
- आफुलाई कसैले माया नगर्ने , अरु ले मन नपराउने, हेपेको झैँ लाग्ने आफु बोझ भएको महसुस worthlessness, low self esteem, feeling unloved and unwanted
- आतिने , छट्पट हुने , बिहान उठ्दा जीवन बोझ झैँ लाग्ने early morning sadness, anxiety
- काम गर्ने मन नलाग्ने , स साना गल्ति हुने loss of pleasure in work
- कति जना यस्ता अवस्था मा धेरै नसा सेवन पनि गर्न थाल्छन increase use of drugs to feel relaxed
- आत्मविश्वास को कमि अनि हीन बोध हुने low confidence and self esteem
केटा केटी हरु वा teenagers मा छिटो रिसाउने , जिद्दी , झगडालु स्वभाव अनि पढाई मा मन नजाने, टाउको दुख्यो, पेट दुख्यो मात्र भन्ने तर जांच गर्दा नर्मल देखिने , मर्ने प्रयास गर्ने लक्षण हुन सक्छन
- सबै बिरामी मा यो सबै लक्षण हुनु पर्छ भन्ने छैन , कतिपय लक्षण अरु रोग का पनि हुने हुनाले आफैले रोग पत्ता लगाउनु भन्दा नि मनोचिकित्सक को सल्लाह लिन जरुरि हुन्छ
डिप्रेसन कति महँगो रोग हो ?
- काम सहजै गर्न नसक्दा जागिर मा अप्ठ्यारो, काम मा नियमित हुन गार्हो,
- बिद्यार्थि हरु पढाई गररहो हुन्छ, सम्झिन गार्हो, हीनभाव अनि आत्मबिश्वासको कमी अनि जटिल हुदै गएर कति ले पढाई छोडछन।
- काममा पूर्ण क्षमताको प्रयोग गर्न सक्दैनन् , आर्थिक कमजोरी हुन आउछ।
- माया नगर्ने, सबै बोझ भएको महसूस हुने हुदा घर झगड़ा हुने संभावना बढ्छ, कतिमा शंका गर्ने प्रबृति देखिन्छ
- तौल घटने , आहार को कमीले अरु रोग अनि कमजोरी , पौस्टिक आहार को कमी हुन्छ , संक्रमण को संभावना बढ़छ।
- जीउ दुखने, कमजोरी , आतिने रोग को लक्षण (मुटु को धड़कन बढ़ने, स्वास लिन गार्हो हुने ) आदि लाई मात्र ध्यान दिएर डिप्रेसन को रोग पत्ता नलागेर नचाहिने जाँच अनि उपचार ले गर्दा उपचार खर्च बढ़ने , थुप्रै डाक्टर का भौतारिने गरेको पाइएको छ।
- अकालमै मृत्यु वा आत्महत्या को संभावना बढ़ाउछ।
- अब हरेक दिन उदास रहनु को के मूल्य तोक्नु।

0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस