मुख्यतय रोग पत्ता लगाउन गरिने मुख्य बिधि भनेको बिरामी र बिरामी को परिवारजन सित गरिने कुराकानी अन्तरवार्ता हो। तर माथि उल्लेखित लक्षणहरु छ छैन भनेर सोधिने बिधि चाहि होइन। सजिलो बनाउन कति जना ले या थ्रुप्रै वेबसाइट ले प्रश्नहरु राखेका होलान तर डिप्रेसन भन्दा पहिले बिरामी को स्वभाव, उसको परिवेश, उसको जीवन शैली, सोच्ने शैली मा उभिएर, शारीरिक रोग अनि त्यस ले पार्न सक्ने मानसिक रोग र अन्य मानसिक रोग को को बारेमा राम्रो तालिम तथा दखल भएको, communication सिपमा राम्रो तालिम भएका मुख्यतय मनोरोग सबन्धित रोग
मा दक्षता हासिल गरेको डाक्टर यानी psychiatrist (यानी मनोचिकित्सक ), वा क्लिनिकल मनोबिद यानी clinical psychologist (जसको मुख्य तालिम हस्पिटल मा बिरामी सित हुन्छ) ले गर्न सक्छन।
मा दक्षता हासिल गरेको डाक्टर यानी psychiatrist (यानी मनोचिकित्सक ), वा क्लिनिकल मनोबिद यानी clinical psychologist (जसको मुख्य तालिम हस्पिटल मा बिरामी सित हुन्छ) ले गर्न सक्छन।

कति बेला झुक्याउने शारीरिक रोग का मानसिक लक्षण को रुप मा डिप्रेसन जस्ता लक्षण देखिने हुदा सम्बंदित जाँच गर्न जरुरी हुन आउछ र अन्य विधा का डाक्टर को सलाह लिन पनि जरुरि हुन्छ।
उपचार कसरी गरिन्छ ?
उपचारका मुख्य दुइ बिधि छन्।
१. औषधि मूल
२. परामर्श
१. औषधि मूल: कारणमा उल्लेखित गरेझैँ डिप्रेसन मा दिमागी रसायन को कमि हुने हुनाले त्यसको भरपाई गर्ने औषधि धेरै जसो यस रोग मा प्रयोग हुन्छन। एक चोटी मात्र भएको छ भने ६-९ महिना को लागि प्रयोग हुन्छन।

डिप्रेसन को औषधि तुरन्तै काम गर्दैन र यसले काम गर्न २-३ हप्ता लाग्न सक्छ।
कति बेला अन्य औषधि को आवशेकता पर्न सक्छ
कतिपय अवस्था मा बिरामी लाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन सक्छ
कतिपय अवस्था मा बिजुली को उपचार (Electroconvulsive therapy) को प्रयोग गर्नु पर्ने हुनसक्छ जुन धेरै नै असरदार हुन् सक्छ। मानिस मा थुप्रै भ्रम र डर यो बिधि को बारेमा छ तर यौ असरदार र धेरै कम साइड इफेक्ट भएको बिधि हो
२. परामर्श बिधि -- हल्का खाले डिप्रेसन को उपचार मा यो एउटा असर्धार उपचार बिधि हो।
कतिपय अवस्था मा यो औषधि र परामर्श संगै लैजादा फाइदा हुन्छ।
यसमा बिसेक गरि -- CBT (यानी cognitive behavior थेरापी ) को प्रयोग फाइदा जनक हुन्छ। यो यसो गर्नुस उसो गर्नुस भनेर दिने सल्लाह भन्दा नि सोच - व्यहाबार -- र भावनामा सम्बन्ध लाई चिनेर त्यसका त्रुटी लाई केलाएर गरिने एक बिधि हो जसले आफुले आफैलाई ,समाजलाई अनि भबिस्य लाई हेर्ने दृस्त्रिकोण मा परिवर्तन लाएर डिप्रेसन लाइ ठिक हुन अनि फेरी दोहरिन बाट बचाउछ। फेरी पनि तालिम प्राप्त मानिसक स्वस्थाकर्मीले गर्न जरुरी छ .
त्यस बाहेक अरु सहयोगी बिधि मा relaxation exercise (तनाव मुक्त राख्ने प्रक्रिया ), योग , समस्या समाधान गर्ने सोच बिधि आदि हुन तर यिनीहरु एक्लै चाहि निदान अवस्श्य होइन .

अन्त्य मा ; हाम्रो कोसिश नेपाली भाषा मा रोग को बारेमा चेतना फैलाउने हो नकि वेबसाइट बाट पुरा उपचार गर्ने। यदि कसैलाई यो पढेर आफु मा डिप्रेसन को लक्षण झैँ देखिए नाअतिनु होला , मैले लेखे झैँ यो रोग केवल लक्षण को जोड घटाउ मात्र होइन। तर हो जस्तो लागे कसै संग मन खुलेर कुरा गर्नुस, मद्दत लिनुहोस् वा डाक्टर लाई देखाउनु होला। खुशी हुने हामी सबै को अधिकार हो। यो मनोरोग हो/ होइन भनेर यसरी नै बस्ने कि , उपचार गरेर वा सलाह लिएर रोग पत्ता लगाउने यो हाम्रो हातमा छ। खुसि को कुरा के छ भने दुखि बनाउने रोग भए पनि यो ठिक हुने रोग हो। अनि , नबुझुञ्झेल केहि समयको लागि लाज वा अप्ठ्यारो चाही लाग्न सक्ला डिप्रेसन भयो भन्नलाई तर मलाइ केटा केटी हुदा गाह्रो लागेको diarrhoea जस्तो गाह्रो स्पेलिंग चै छैन है depression को!!!
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस