आँशु-नलीमा अवरोध र संक्रमणको बारेमा सामान्य जानकारी
---डा. सबिन साहु ---
आँशु-नलीमा अवरोधको अर्थ
आँखामा
रहेको आँशुग्रन्थी (lacrimal gland) बाट आँशु बन्दछ I आँशुले हाम्रो आँखालाई
स्वच्छ राख्ने र सुक्नबाट बचाउने काम गर्दछ I आँशु-ग्रन्थीबाट नवनिर्मित आँशु मध्य
केहि वाष्पीकरण हुन्छ भने बाकी आंशुबाहिनी नली (nasolacrimal duct) द्द्वारा
नाकबाट बग्दछ I यदि आँशुको यो नलीमा केहि अबरोध भयो भने आँशु बाहिर आँखाबाट खस्ने
गर्दछ I एसैलाई आँशु नलीमा अवरोध भनिन्छ I आँशु नलीमा अवरोध भएपछि जम्ने आँशुमा
संक्रमण भएपछि देखिने असरलाई dacryocystitis भनिन्छ I
आँशु-नलीमा अवरोध कसलाई हुन्छ?
आँशु -नलीमा अवरोध दुई प्रकारको हुन्छ I १) जन्मजात हुने अवरोध – जसमा
आँशु-नलीको विकास पूर्ण रुपमा भएको हुँदैनI २) धेरै उमेर भएपछि हुने प्राप्त अवरोध
आँशु-नलीमा अवरोधको लक्ष्यणहरु
१)
आँखामा आँशु अनि कचरा आउने
२)
आँखा रातो हुने
३)
आँखाको छेउ नाकको माथिल्लो भागमा सुनिने,
दुख्ने र गाठो आउने I गाठोलाई थिच्दा कचरा आउने I
निदान (डैग्नोसिस)
Syringing बाट आँशु-नलीमा अवरोधको निदान गरिन्छ I यसमा आँखामा रहेको मुखबाट एउटा syringe र cannula
मार्फत पानी हालिन्छ र त्यो पानी नाक हुँदै गलासम्म पुग्छ कि पुग्दैन भनि टेस्ट
गरिन्छ I
उपचार:
एक वर्षको उमेर सम्मको
बच्चालाई आँखा छेउको नाकमा माथिबाट तलतिर मालिश गरिन्छ जसले अविकसित आँशु-नलीलाई
खोल्न सक्छ I आँखाबाट आउने कचराको लागि एन्टीबायोटिक ड्रोप हाल्नु पर्छ I मालिशले
ठिक नभए शल्यक्रिया (Probing / DCR operation) गरिन्छ I धेरै उमेर पुगेर हुने आँशु-नली
अवरोधलाई शल्यक्रिया (Dacryocystorhinostomy / DCR operation) द्द्वारा उपचार
गरिन्छ I
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस