.jpg)
-----Editorial Team स्वास्थ्य संसार-------
हामीलाई
धेरै जना ले सोध्नु भएको र जान्न चाहानु भएको अर्को रोग या समस्या "ग्यास्टिक
को रोग ", पेट को अल्सर" अनि यसको उपचार रहेकाले यसको बारेमा लेख्दै छौ।
केहिले हामीलाई यो रोग सधैं को लागि कसरि निर्मुल पार्ने भनेर पनि सोध्नु भएको
छ। यस लेख मा हामी ग्यास्टिक रोग यानी ग्यास्ट्राइटिस (gastritis ), कसरी हुन्छ, कसले गर्छ
अनि यसका उपचारमा केन्द्रित रहने छौ।
.jpg)
"ग्यास्ट्रिक
त अब, ग्यास्ट्रिक त अब सबै नेपाली मा छ प्रिय , यो नेपाली हो होइन
भनेर चिन्ने रोग नै यो ग्यास्ट्रिक रोग त हो; जो मान्छे मा ग्यास्ट्रिक रोग छ त्यो मान्छे नेपाली जसमा ग्यास्ट्रिक छैन त्यो गैर नेपाली ; वास्तव मा
नागरिकता को प्रमाण प्रत्र पनि यहि ग्यास्ट्रिक रोग कै आधार मा दिनु पर्छ
प्रिय" ------ सरस्वती उवस्ताद जी (मदनकृष्ण श्रेष्ठ ) नाटककी श्रीमती
लाई सम्झाउने क्रम मा ---- मह जोडी को सुर बेसुर बाट
पेट
ले कसरी काम गर्छ

मेरो MBBS यानी डाक्टरी पढ्ने दिन मा
पेट को बारेमा पढ्दा अचम्म लाग्थ्यो। हैन कति जानेको के शरीर
बनाउने ले!! खाना पचाउने प्रक्रिया लाई मद्दत गर्न Acid (अम्ल ) को फ्याक्ट्री नै खोलेको छ
पेट भित्र अनि फेरी आन्द्राको भागमा चाही त्यो फ्याक्ट्री छैन। Acid को फ्याक्ट्री ले फ्याक्ट्री
लाई नै नखावोस भनेर पेट का घेरा,घाटीले पेट जोड्ने नली (oesophagus) अनि आन्द्रा भन्दा बलियो र फरक तरिकाले बनाएको छ।
अनि अम्ल पनि चौबिसै घण्टा नआएर

खाना आउने संकेत पाए पछि मात्र बन्छ वा पूर्ण
रुप ले तयार हुन्छ जसले गर्दा खानामा असर गर्छ र पेटका घेरालाई कम गर्छ। Acid युक्त खाना अरु ठाउँमा गएर
असर नगरोस भन्न लाई पेट सित जोडिने आन्द्रा र खाने नली को भाग मा कसिलो अवरोध (sphincter) हुन्छ। हामी
मानब विकास संगै दुइ खुट्टे बाट चारखुट्टे भयौ नत्र भने अम्ल
गुरुत्वोआकर्षणको आधारमा सबै भन्दा गहिरो भागमा रहन्थ्यो। अझ अम्ल युक्त
खाना आन्द्रामा जादा आन्द्रा ले अम्ल लाई काट्ने अल्कालिनले धोएर पठाउछ।
अब
अम्ल (Acid) को फाइदा पनि हेरौ ;
- खाना गलाएर, टुक्रा टुक्रा बनाउन मद्दत गर्छ, जसले गर्दा पाचन सहज हुन्छ।
- खाना सित आउने थुप्रै किटाणुलाइ मार्छ , यानी तिनुहरु Acid लाई सहन सक्दैनन्।
- खाना पचाउने तत्व लाई सक्रिय बनाउछ (enzymes; pepsinogen to pepsin )
यी
अम्ल बाट पेट आफै कसरी बच्छ त?
पेट
को घेरा Acid बाट बच्ने गरी बनेको हुन्छ।
घेरा भित्र थुप्रै तह हुन्छ र त्यस माथि पनि जेल्ली (mucus) जस्तो
कुरा हुन्छन, अनि अरु थुप्रै तत्व हुन्छn।
ग्यास्ट्रिक रोग यानी ग्यास्ट्राइटिस के हो ?
जुन
पेट को घेरा र आन्द्रा को पहिलो भाग को घेरा को माथि कुरा गरिएको थियो हो
त्यसकै संक्रमण वा असर वा घाउ हुन गएमा हुने अवस्था लाई हामी ग्यास्ट्राइटिस वा ग्यास्टिक को रोग भएको भन्छौ अनि पुरै घेरा को गहिराई मा
यसको असर भए मा हामी अल्सर भएको भन्छौ।
यसको
कारण
- जब कुनै कारण बस यो घेरा लाइ
नुक्सान पुग्छ जस्तै
- मदिरा यानी रक्सि को अत्ध्याधिक सेवन
- चुरोट सेवन , धेरै कफी सेवन
- समय मा खाना नखाने
- कति प्राय औषधि जस्तै ; दुखाइ को बेला मा प्रयोग हुने NSAID , यानी पेनकिलर , यानी दुखाइ कम गर्ने औषधि जस्तै
ब्रुफ़ेन , अस्पीरिन
- धेरै तनाव/चिन्ता को अवस्था
- यी सब ले पेट भित्र निस्क्रिय रहेको
Helicobacter
pylori नाम को
किटाणु को संक्रमणको सम्भावना बढाउछ (घेरा लाई कम्जोर बनाएर)
- Autoimmune वा आफ्नै कोशीका को संक्रमण , क्यान्सर , आदि पनि अरु कारण मा पर्दछ
लक्षण
- वाक वाक लाग्ने वा उल्टी हुने ,
- पेट दुख्ने, दुख्ने पोल्ने, घोचेको महसुस हुने - खाना को
सेरोफेरो मा
- अपच हुने ,
- पेट फुलेको महसुस हुने
- खाना को रुचि कम हुने
- कालो दिसा हुने वा दिसा मा रगत
देखिने
- कालो वा रगत मिसेको वा खैरो बान्ता
हुने

पत्ता लगाउने तरिका
- लक्षण बाट (धेरै प्रयोग हुने तथा उपयोगी तरिका)
- मुख बाट क्यामेरा युक्त पाइप छिराएर सिधै हेरिने बिधि (endoscopy ), साथै लिने biopsy (कोषिका का केहि अंश को जाच )
- बिसेस प्रकारले गरिने X-ray

- हुन नदिने ; पेट लाई घर झैँ बनाउने होटेल झैँ होइन ( भनेको टाइम मा खाना खाने , होटेल माजुन बेला पनि खान पाइन्छ जस्तो गर्नु भएन। नेपालीमा निश्चित समयमा नखाने, एकनाले नखाने कारण पनि यो रोग हुने कारण हुन् )
- माथि उल्लेखित कुरा बाट बच्ने जस्तै मदिरा , ध्रुम्रपान आदि
- तनाव रहित जीवन लाइ जोड दिने
- जथाभावी रुप मा औषधि को प्रयोग नगर्ने
भैसकेपछि
- लक्षण र जांच अनुरुप औषधि को प्रयोग जसमा acid लाइ काट्ने antacid जस्तै डाइजिन
- Acid को फ्याक्ट्री लाई सक्रिय हुन नदिने जस्तै Ranitidine, Pantoprazole
पेट मा हुने किटाणु (Helicobacter pylori) को नास गर्ने औषधि (antibiotic ) को प्रयोग
- समय अवधि -- ३-४ हप्ता
- कति जना लामो समय को लागी , बिना डाक्टर को सलाह प्रयोग गर्छन, त्यो गलत हो , माथि भने झैँ acid को पनि आफ्नो काम छ
- केहि आवस्था लाइ छोडेर त्यति लामो समय सम्म औषधि को प्रयोग गर्न हुन्न
- एकदमै सतर्क हुने लक्षण -- रगत को उल्टी, कालो दिसा आदि
- अन्त्य मा सबै पेट दुखाई ग्यास्ट्राइटिस यानी ग्यास्टिक होइन
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस