728x90 AdSpace

  • अद्यावधिक समाचार

    Saturday, August 29, 2020

    कोविड १९: चिनौ अनि जितौ : About COVID 19 :डा. प्रभाकर पोखरेल


     

    भाइरस को ठुलो फ्यान हु। यो पढ्दा तपाईंहरु लाई रिस उठ्ला तर बाघ, हाती जस्तो ठुलो शरीर भएको , मान्छे जस्तो ठुलो बुद्धी भएको प्राणी लाई आँखाले के , माईक्रोस्कोप ले पनि देख्न गार्हो हुने , मरेको हो कि जिउदै भन्ने किटाणु ले आछु, आछु पारेको कोरोना ले संसार  हल्लायो भन्ने कुरा , भारत चाइना जस्तो बिशाल देशको बिच मा एउटा सानो ,ति  सानो देश नेपाल मा बस्ने एक डाक्टरले सोच्दा  नेपाल भाइरस , उस्तै उस्तै लाग्छ। लक्ष्मी प्रसाद देवकोटा जी को "के नेपाल सानो " पढेको स्वाद आउछ। अनी लाग्छ के भाइरस सानो त? भाइरस आफ्नो छैन बराबर को शरीर भित्र असीमित एउटा ठुलो सपना, आट , आत्म विश्वाश बोकेको मौका मिले संसार लाई नै राज गर्ने गोर्खाली सेना झै  लाग्दछ 

     

     

    के हुन भाईरस

    केही DNA, RNA , protein हरु सँग कुनै कुनै मा  बोसो को पातलो कोट भएको , अस्त चिरन्जिबी झै कहिले नमर्ने अनि योग मा लामो समय निस्कृय भएर पनि बाँच्न सक्ने योगी झै निस्कृय (मरेको हो कि , बेहोस् हुन ) बस्ने यि भाईरस जिबित प्राणी मा छिर्न पाए , उनी हरु कै उर्जा, तत्व प्रयोग गरेर पल भर मै लाखौं हुने अचम्म को जिब हुन Iयिनिहरु सबैमा आक्रमण नगरी  आ:आफ्ना सजिलो होस्त(host)प्राणी खोज्छन 


    यति  सानो तत्व जीवन उपभोग गर्न सक्छ भन्दा अचम्म लग्थ्यो एमबिबिएस पढ्दा , अनि त्यो व्यासजी को स्लोक


    याद आउछ भाइरस जीवन बाँच्न चाहिने सार बोकेको  जस्तो लाग्छ   गल्तीले मान्छे मा पल्केको कोरोना भाइरस(Covid 19) एउटा SARS भाइरसको एक प्रकारको रुप मा आउछ 

    कोरोना ति को खतरनाक भाइरस हो?

    1. खुशी को कुरा के   भने यो यच.आइ.भि. (HIV,AIDS)जस्तो एक चोटि भए जीवन भर हुने स्वभाव    देखिदैन 

    2. यो रेबिज  (Rabies virus)जस्तो धेरै सुइ लाउन पर्नेनगरे १००मरिने जस्तो रोग पनि हैन 

    3.यो धेरै जस्तो उपचार पनि नगर्दा पनि ठीक हुन सक्ने रोग हो , कसैलाई मात्र सार्हो गार्हो हुने , अनि धेरै कम लाई  ज्यान नै जाने हुन सक्ने बनाउछ


    त्यसो भए किन यति    चासो   ?

    1.  छिटो फैलिने रोग भो 

    2. समाज मा सबै जना एकै चोटी बिरामी भए पछी कस्ले कस्लाई हेर्ने?

    3. एकै चोटी सबै लाई पुग्ने स्वास्थ्य सुबिधा  हामी सितै छैन 

    4. डाक्टर, नर्से  नै बिरामी  भए कस्ले उपचार गर्ने?

    5. थोरैमा नै ही गार्हो  भएर च्यापेर मृत्‍यु  भए नि दु: भो नि , अनी त्यो मान्छे जो पनि हुन सक्छनत्यसइ ले किन भाईरस सित जोरी खोज्ने

    6. अनि  सन्क्रमण  भइ राख्नु भनेको किटाणु  सकृय( active) निस्कृय वा जोगी बनाउन परेन 

    7. अनि  यस्को एकदम ठोस् उपचार वा खोप आको पनि छैन 

    • अब एउटा डाक्टर को हिसाब ले सोच्ने हो भने यस्को प्रकोप बाट बाँच्न के गर्ने त?

    चाणक्य नीति को एउटा स्लोक छ :


    कोरोना को रोक्थाम का निश्चित कुरा

    •  किटाणु लाई हाम्रो शरीर बित्र प्रवेश गर्न नदिने 
    •  राम्रो सित हात धुने , हात नाक , मुख तिर नलग्ने 
    •  मास्क  को प्रयोग गर्ने, जस्ले नाक , मुख मा छिर्न सक्ने सम्भाबना घटाऊछ
    • एक अर्को सित दुरी कायम राख्ने , जस्ले गर्द भाईरस बिच मा नै खसेर निस्कृय होस्
    • जथाभाबी जमघट, भेटघाट गर्ने, मीटिङ गर्ने , भिड गर्ने बन्द गरौ 
    • भाईरस लाई छिटो निस्कृय बनाउन सानीतैजेर को प्रयोग गर्ने
    • साबुन पानी ले मजा ले हात धुने , जस्ले गर्द भाईरस छिटो निस्कृय हुन्छ 


    आफु लाई भएको शन्का  लागे (isolation, quarantine) मा बस्ने, र आफ्नो शरीर लाई   भाईरस सँग लड्न मद्दत्  गर्ने ।आफ्नो मानसिक र शरीरिक स्वास्थ्य को ध्यान राख्ने । 

     

    भाईरस सकृया भएको लक्षण 

    १। ज्वरो आउने

    2.  खोकी आउने

    3. छाती  दुख्ने

     आदि  , यस्तो बेला डाक्टर को सलाह लिनु पर्छ 

     

    • याद रखौ, केही लक्षण नभएका लाई पनि कोरोन भएको हुन सक्छ, उस्ले श्वास बाट कोरोन का किटाणु फ्याक्न सक्छन
    • हामी केही मा रही रहे पनि , सबै मा फैलिन सक्छ
    • त्यसैले एक अर्को  को साथ दिदै , सबै मिलेर यो बलियो खेलाडी  लाई निस्कृय बनाउ

    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: कोविड १९: चिनौ अनि जितौ : About COVID 19 :डा. प्रभाकर पोखरेल Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top